IME Life New

नागरिक लगानी कोषमा ‘केवाइसी अपडेट’ नगरे अवकाश कोषको पैसा होल्ड हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा सहभागी कर्मचारीहरुलाई ग्राहक पहिचान विवरण अध्यावधिक गर्न अनुरोध गरेको छ। कोषले सार्वजनिक सूचना प्रकाशन गर्दै २०८१ असार मसान्तभित्र कोषको आधिकारिक इमेलमार्फत् विवरण अध्यावधिक गर्नका लागी अनुरोध गरेको हो ।

२०८१ असार मसान्तभित्र अनिवार्यरुपमा विवरण अध्यावधिक गर्नुपर्ने भएकाले कोषको इमेल ठेगाना [email protected] मा विवरणहरु उपलब्ध गराई दिन कोषले जानकारी गराएको छ। कोषले सम्बन्धित योगदानकर्ता कर्मचारीको पुरा नाम थर (नेपाली र अंग्रेजीमा), अवकाश कोष परिचय पत्र नम्बर, नागरिकता नम्बर, व्यक्तिगत प्यान नम्बर, जन्म मिति, व्यक्तिगत माेबाइल नम्बर, बाबुको नाम थर, बाजेको नाम थर र कार्यरत कार्यालयको पुरा नाम र ठेगाना सहितको विवरण उल्लेख गरेर इमेल गर्न अनुरोध गरेको छ।

Esewa
Crest

विवरण अध्यावधिक नगराएको खण्डमा कोषले अवकाश कोष अन्तर्गतको कर्जा सुविधा, बीमा सुविधा लगायतका कुनै पनि सुविधा उपलब्ध नहुने भन्दै सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS