IME Life New

नेपालपे इन्स्ट्यान्टमार्फत निःशुल्क फन्ड ट्रान्स्फर गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालीहरुको महान पर्व दसैँ तथा तिहारका अवसरमा बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकले कात्तिक १ गतेदेखि कात्तिक ३० गतेसम्म लागि नेपालपे इन्स्ट्यान्टमार्फत निःशुल्क फन्ड ट्रान्स्फर गर्न सक्नेछन्।

नेपालपे इन्स्ट्यान्टमार्फत ग्राहकले बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक वा कनेक्टआईपीएसमा लाभग्राहीको रजिस्टर्ड मोबाइल नम्बरका आधारमा फन्ड ट्रान्सफर गर्न सक्दछन्। हाल नेपालपे इन्स्ट्यान्टको सुविधा कनेक्टआईपीओ, बैंकका मोबाइल बैंकिङ एपहरु तथा सेलपे, हाम्रोपे र मोरुलगायतका वालेटहरुमा उपलब्ध रहेको छ।

Esewa
Crest

नेपालपे इन्स्ट्यान्टमा लाभग्राहीको भर्चुअल प्राइफेट एड्रेस (भीपीएस)का आधारमा फन्ड ट्रान्सफर वा भुक्तानी गर्न सकिन्छ। ग्राहकले लाभग्राहीको मोबाइल नम्बर प्रयोग गरेर फन्ड ट्रान्सफर गर्न सकिन्छ र यसका लागि बैंक खाताको विवरण आवश्यक पर्दैन। नेपालपे इन्स्ट्यान्टमार्फत फन्ड ट्रान्सफर गर्दा ग्राहकले नेटवर्क छनोट गरी लाभग्राहीको मोबाइल नम्बर प्रविष्ट गरेर मोबाइल बैंकिङ एप वा वालेट वा कनेक्टआईपीएसबाट ट्रान्सफर गर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS