IME Life New

सम्पत्ती बीमालेख अन्तर्गत बीमित स्वयमले व्यहाेर्नुपर्ने रकमकाे सीमा परिमार्जन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सम्पत्ति बीमा गर्दा बीमालेख अन्तर्गत बीमित स्वयमले बहन गर्नुपर्ने क्षतिको सीमालाई परिमार्जन गरिएको छ। बीमा नियामक नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमा निर्देशिका २०८० जारी गर्दै ‘अधिक’ को सीमामा परिमार्जन गरेको हो ।

नयाँ निर्देशिका अनुसार भूकम्प तथा पानीजन्य जोखिमबाट भएको बीमा गरिएको सम्पत्तीमध्ये भूकम्पले असर पुर्‍याएको सम्पत्तीको हकमा मात्र दाबी मूल्या‌ंकनको ५ प्रतिशत बराबरको रकम अधिक (एक्सेस  Excess) अन्तर्गत समावेश हुने भएको छ। २०७५ सालको निर्देशिकामा भूकम्पबाट क्षति भएको बीमा गरिएको सम्पत्तीमध्ये भूकम्पले असर पुर्‍याएको सम्पत्तीको हकमा मात्र दाबी रकमको २ प्रतिशत वा १० लाख रुपैयाँ मध्ये जुन कम हुन आउँछ सोही बराबरको रकम अधिक कायम गर्न सकिने प्रावधान थियो । यसैगरी पानीजन्य जोखिमबाट भएको क्षतिको हकमा दाबी रकमको ५ प्रतिशत वा ५ लाख रुपैयाँमध्ये जुन कम हुन आउँछ, सोही बराबरको रकम बीमित स्वयमले व्यहोर्नुपर्ने थियो।

Esewa
Crest

यसबाहेक नयाँ निर्देशिकामा अन्य कुनै पनि कारणबाट भएको क्षतिको हकमा दाबी रकमको १ प्रतिशत बराबरको रकम अधिकमा समावेश गर्नुपर्ने प्रावधान समेटिएको छ। साबिकको निर्देशिकामा १ प्रतिशत वा ५ लाख रुपैयाँमध्ये जुन कम हुन आउँछ सोही बराबरको रकम अधिक अन्तर्गत बीमित स्वयमले नोक्सानी व्यहोर्नुपर्ने प्रावधान रहेको थियो ।

नयाँ प्रावधान अनुसार न्यूनत्तम दाबी गर्न पाइने रकमको सीमा पचास प्रतिशतले कटौती गर्दै १० हजार रुपैयाँबाट ५ हजार रुपैयाँमा झारिएको छ। यसले बीमितलाई सम्पत्ती बीमालेख अन्तर्गत स सानो रकमको समेत बीमा दाबी गर्ने सुविधा दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS