IME Life New

‘लस अफ प्रफिट’ सम्बन्धमा सम्पत्ती बीमालेख निर्देशिकामा विशेष व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पहिलो पटक अनुसाङ्गिक क्षति(कन्सिक्वेन्सियल लस) सम्बन्धी विशेष प्रावधान लागू गरेको छ। प्राधिकरणले सम्पत्ति बीमालेख निर्देशिका २०८० जारी गर्दै अनुसाङ्गिक क्षति बीमालेखको प्रावधान ल्याएको हो । प्रस्तावित बीमालेख अन्तर्गत सम्पत्ति बीमालेख अन्तर्गत निर्धारित जोखिमको प्रत्यक्ष कारणले क्षति भएको बाहेक यस्तो क्षतिका कारण निकट भविष्यमा समेत आइपर्न सक्ने अन्य संभावित क्षतिको जोखिम व्यहोर्ने प्रावधान समावेश गरिएको छ । निर्देशिकाका अनुसार आनुसाङ्गिक क्षति भनेको सम्पत्ती बीमालेख गरिएको जोखिमको कारणले हुने अप्रत्यक्ष वा एउटा घटनाको परिणामस्वरुप हुने अप्रत्यक्ष क्षति हो ।

Esewa
Crest

निर्देशिकाको २२ नम्बर निर्देशनमा अनुसाङ्गिक बीमालेख सम्बन्धि प्रावधानमा सम्पत्ति बीमालेख जारी नगरी अनुसाङ्गिक बीमालेख जारी गर्न नपाइने उल्लेख छ । अर्थात् सम्पत्ति बीमालेख अन्तर्गत जोखिम बहन भइसकेका सम्पत्तिहरुको हकमा मात्र अनुसाङ्गिक बीमालेख जारी गर्न सकिनेछ ।
निर्देशिकमा घर बीमाको प्रयोजनका लागी अनुसाङ्गिक बीमालेख जारी गर्न नपाइने उल्लेख छ। यसबाहेक अनुसाङ्गिक बीमालेख जारी गर्दाको समयमा नै मूल बीमालेख अन्तर्गत बीमितले लिन चाहेको क्षतिपूर्तीको अवधि किटान गरी बीमालेख जारी गर्नुपर्ने समेत भनिएको छ । यसको अवधि मूल बीमालेख बराबर नै हुनेछ ।

Property Insurance

यो बीमालेख बीमांक रकम अघिल्लो आर्थिक वर्षको कूल आय रकम बराबर हुनेछ । साथै नयाँ कम्पनीको हकमा भने अनुमानित वार्षिक कारोबार रकमको अंकलाई बीमांक रकम निर्धारण गरिनेछ । निर्देशिका अनुसार बीमा गरिएको सम्पत्तिमा क्षति भएको ३ महिनासम्म, ६ महिनासम्म, ९ महिनासम्म र १ वर्षसम्मको अवधिमा हुने क्षतिलाई यो बीमालेख अन्तर्गत समावेश गर्न सकिनेछ। क्षति व्यहाेर्ने अवधि थपिएसँगै बीमाशुल्क दर पनि महँगाे हुँदै जान्छ।

आनुसाङ्गिक जोखिम बहन सम्बन्धी सुविधा जलविद्युत परियोजनाहरुका लागी निर्जीवन बीमकले उपलब्ध गराउँदै आएपनि अन्य उद्योग व्यापारका लागी यो सुविधा खासै प्रचलनमा ल्याइएको थिएन । उदाहरणका लागी बाढी पहिरोबाट जलविद्युत परियोजनाको बाँध भत्कियो वा सबस्टेशनमा क्षति भएर उत्पादित बिजुली उपयोग हुन नपाएर बिजुली खेर जाँदा हुने नोक्सानीलाई यो बीमालेखको माध्यमबाट क्षतिपूर्ती गर्न प्रयोग गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS