IME Life New

निर्जीवन बीमकले अब ग्राहक विशेषका लागि ‘कष्टमाइज’ बीमालेख जारी गर्न सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पहिलो पटक संस्थागत बीमित विशेषको लागी बेग्लै बीमालेख जारी गर्न सकिने प्रावधान ल्याएको छ । प्राधिकरणले सम्पत्ती बीमालेख निर्देशिका २०८० मार्फत् मिश्रित बीमालेखको प्रावधान लागू गरेको छ ।

निर्देशिकाको २४ नम्बर निर्देशनमा बीमकले प्रचलित बीमालेख अन्तर्गत नसमेटिएका बीमायोग्य जोखिमका लागि मिश्रित बीमालेख जारी गर्न सक्ने उल्लेख छ । प्रस्तावित फरक प्रकृतीको बीमालेख नेपाल बीमा प्राधिकरणमा स्वीकृतीका लागी पेश गर्नुपूर्व बीमायोग्य जोखिम स्वीकार गर्नका लागि बीमक र पुनर्बीमक दुबै मन्जुर हुनुपर्नेछ । निर्देशिकाका अनुसार स्वीकृतीका लागी पेश गरिने मिश्रित बीमालेख प्रचलनमा ल्याउनका लागी प्राधिकरणले अस्थायी वा पटके अनुमति दिनेछ ।

Esewa
Crest
Property Insurance Directives 2080
सम्पत्ती बीमालेख निर्देशिकामा समावेश मिश्रित बीमालेख सम्बन्धी प्रावधान

निर्देशिका अनुसार यस्तो बीमालेख सम्बन्धित बीमितका लागी मात्र लागू हुनेछ। बीमालेख स्वीकृति लिइएको बीमित बाहेक अन्य बीमितका लागी खुल्लारुपमा बिक्री गर्न पाइनेछैन । साथै यस्तो बीमालेख तयार पार्दा बीमकले सम्पत्ति बीमालेख निर्देशिकामा उल्लेखित बीमादर भन्दा बढी हुने गरी बीमाशुल्क दर निर्धारण गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS