IME Life New

प्राधिकरणले सार्वजनिक गर्‍याे सम्पत्ति बीमा निर्देशिका, अपार्टमेण्टकाे पनि बीमा हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पत्ती बीमाको दायरालाई थप बिस्तार गर्दै नेपाल बीमा प्राधिकरणले सम्पत्ती सम्बन्धी नयाँ बीमा निर्देशिका जारी गरेको छ । प्राधिकरणको सञ्चालक समितिले असोज १६ गते स्वीकृत गरेको सम्पत्ति बीमालेख निर्देशिका २०८० शुक्रबार आफ्नो वेबसाइटमार्फत् सार्वजनिक गरेको हो ।

संशोधित निर्देशिकामा जोखिमको आधारमा सम्पत्तीको वर्गिकरण गरेर निहित जोखिमकै आधारमा बीमा दर समेत कायम गर्ने अवधारणा ल्याइएको छ। निर्देशिकामार्फत् प्राधिरकणले सम्पत्ति बीमालेख अन्तर्गत जोखिम बहन गरिने बीमायोग्य सम्पत्तीलाई निहित जोखिमको स्तरको आधारमा सात वर्गमा विभाजन गरेको छ । निहित जोखिमको आधारमा जोखिमयुक्त सम्पत्तिलाई अति सामान्य जोखिम,सामान्य जोखिम, मध्यम जोखिम, उच्च मध्यम जोखिम, न्यून खतराजन्य जोखिम, मध्यम खतराजन्य जोखिम, उच्च खतराजन्य जोखिममा वर्गिकरण गरिएको छ।

Esewa
Crest

Property Insurance

प्राधिकरणले प्राकृतिक विपत्तीजन्य जोखिमको लागी जोखिमयुक्त सम्पत्तिको वर्गिकरण सम्बन्धी व्यवस्था २०८१ साउन महिनादेखि लागू गर्ने भएको छ । निहित जोखिमको आधारमा सम्पत्तिको वर्गिकरण गर्नका लागी बीमादर सम्बन्धी प्राविधिक कार्य गरी बीमादर सल्लाहकार प्राधिकरणलाई सिफारिश गर्नका लागी जोखिममा आधारित बीमादर उपसमिति गठन गरिने उल्लेख छ । प्राधिकरणले निहित जोखिममा आधारित बीमादर तय गर्ने प्रणालीलाई चरणबद्धरुपमा लागू गर्दै लैजानेछ।

पहिलाे पटक हाउजिङ अपार्टमेण्ट पनि समेटियाेः

निर्देशिकामा पहिलाे पटक अपार्टमेण्ट वा हाउजिङ कोलोनी अर्थात् सामूहिक आवासको बीमा सम्बन्ध्री प्रावधान समावेश गरिएको छ । सामूहिक आवास बीमा अन्तर्गत अपार्टमेण्टको फ्ल्याट धनीले आफ्नो स्वामित्वमा रहेको अपार्टमेण्टले ओगटेको क्षेत्रफलको मात्र बीमा गराउन सक्ने भएका छन् । बहुतल्ले भवनको पुरै भवन बीमा नभएको भएपनि अपार्टमेण्ट वा फ्ल्याण्ट धनीले आफ्नो स्वामित्वको मात्र बीमा गराए पनि मान्य हुने भएको हो । नयाँ प्रावधान अनुसार बहुतल्ले भवनको सामूहिक बीमा वा बेग्ला बेग्लै फ्ल्याटको बेग्ला बेग्लै बीमा समेत गर्न सकिनेछ।

यसैगरी पसलको बीमा गर्दा यसअघि जड रहेको अर्थात् सबैखाले पसलका लागी एउटै बीमादर लागू हुँदै आएकोमा पसलमा बिक्री हुने सामाग्रीको जोखिमको आधारमा बीमादर लागू हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

17%
sad

दु :खी

17%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS