IME Life New

भारतमा कुनाकन्दरासम्म बीमा पुर्‍याउन ‘बीमा बाहक’ परिचालन गरिंदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गाउँ गाउँमा महिला तथा बालबालिकाका लागी स्वास्थ्य सेवामा सहज पहुँच बिस्तार गर्नका लागी नेपालमा महिला स्वयमसेविका परिचालन गरिए झैं छिमेकी मुलुक भारतमा बीमाकाे बिस्तारका लागी गाउँ गाउँमा बीमा वाहक स्वयम् सेवा परिचालन गर्ने घाेषणा गरेकाे छ।

भारतीय बीमा नियामक तथा विकास प्राधिकरण(आइआरडिएआइ)ले सन् २०२४ काे ३१ डिसेम्बरका दिन देखि हरे ग्राम पञ्चायत(गाउँ पालिका)मा स्वयम् सेवक परिचालन गर्ने घाेषणा गरेकाे हाे । सन् २०४७(अबकाे २३ वर्षपछि) सम्ममा भारतकाे सबै जनसंख्यालाई बीमाकाे दायरामा समेट्ने महत्वका‌ंक्षी लक्ष्यका साथ नियामकले याे कदम चालेकाे हाे ।

Esewa
Crest

बीमा बाहकका रूपमा परिचालित स्वयम् सेवकहरूमा महिलालाई स्वयम् सेवकका रुपमा परिचालन गरिनेछ । यी महिलाहरु गाउँगाउँ घरदैलाेमा पुगेर बीमाकाे बारेमा जागरण गराउने र बीमालेख बिक्री गर्ने काममा सकृयतापूर्वक खटिनेछन् । १ अर्ब ४० कराेड भन्दा बढी जनस‌ंख्या भएकाे भारतमा याे महत्वका‌ंक्षी याेजना सफल भएमा बीमाकाे दायरामा समेटिएकाे जनसंख्याकाे आधारमा भारत विश्वकै ठूलाे बजार हुनेछ । भारतमा कूल गार्हस्थ उत्पादनमा बीमाशुल्क आम्दानीकाे याेगदान जम्मा ३ प्रतिशत रहेकाे छ । सन् २०२७ सम्ममा यसलाई ८ देखि १० प्रतिशतसम्म पुर्‍याउने लक्ष्य नियामककाे छ।

बीमा बाहकका रूपमा महिला स्वयम् सेविकाहरूलाई परिचालन गर्नु अघि बीमा सम्बन्धी तालिम दिने र इजाजत पत्र दिलाउने काम बीमा कम्पनी वा स‌ंस्थागत अभिकर्ताले गर्नेछन् । नियामकले बीमा कम्पनी र संस्थागत अभिकर्ताहरूलाई गाउँपालिकाहरु भाग लगाएर बीमा अभियान परिचालनकाे जिम्मा लगाउनेछ।

स्वयम् सेवकहरुले बीमितबारे तथ्या‌ंक संकलन गर्ने, बीमालेख प्रस्ताव फारम भर्ने, ग्राहक पहिचान विवरण अध्यावधिक गर्ने र बीमा दाबी सम्बन्धी सेवाका लागी सहजीकरण गर्नेछन्। यसबाहेक बीमितबाट प्राप्त हुने बीमाशुल्क रकमलाई सिधै बीमा कम्पनीकाे खातामा जम्मा गर्नका लागी विद्युतीय माध्यमकाे प्रयाेग गरिनेछ।

बीमा बाहकले वित्तीय समावेशीकरण र सामाजिक सुरक्षाको उद्देश्यका साथ ग्रामीण परिवारका लागि जीवन बीमा, स्वास्थ्य बीमा र सम्पत्ति बीमा समेत समावेश भएकाे एकल बीमालेख बिक्री गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS