काठमाडौं । अर्थतन्त्रका सूचकहरु सन्तोषजनक नभए पनि रेमिट्यान्स मार्फत हुने आम्दानीमा भने देशले दिन दिनै नयाँ नयाँ रेकर्ड बनाउँदै छ । २०८० को साउन महिनामा हालसम्म कै उच्च १ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रिएको छ । त्यस्तै लगातार ९ महिना मासिक १ खर्ब माथि रेमिट्यान्स भित्रिएको छ । २०७९ साल कार्तिक महिनामा ९७ अर्ब रेमिट्यान्स भित्रिएकोमा त्यसपछिका सबै महिना १ खर्ब माथि रेमिट्यान्स भित्रिएको छ ।
वैदेशिक ब्यापारमार्फत देशले खासै सन्तोष जनक प्रतिफल ननिकालेको अवस्थामा रेमिट्यान्सले देश धानेको प्रस्ट देखिन्छ ।