IME Life New

काठमाडाैं उपत्यकाभित्र घरजग्गा लिनेलाई थप कर्जा सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडाैं उपत्यकाभित्र घरजग्गा खरिद गर्न इच्छुक व्यक्ति तथा स‌ंस्थाले अबदेखि खरिद मूल्यकाे पचास प्रतिशतसम्म बैंकबाट कर्जा लिन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेकाे एकीकृत निर्देशिका संशाेधनमा घरजग्गा खरिदवापत जारी गरिने कर्जा धिताे सुरक्षणकाे बढीमा पचास प्रतिशतसम्म कायम गर्न निर्देशन दिएकाे हाे ।

चाडपर्वकाे मुखैमा आएर राष्ट्र बै‌ंकले घरजग्गा कर्जाकाे सीमामा संशाेधन गरेर काठमाडाैं उपत्यकाकाे हकमा केहि खुकुलाे नीति ल्याएकाले घरजग्गा काराेबारमा सकारात्मक प्रभाव पार्ने घरजग्गा व्यवसायीले प्रतिकृया दिएका छन् ।

Esewa
Crest

यसअघि काठमाडाैं उपत्यकाभित्र घरजग्गा कर्जा प्रवाह गर्दा धिताे सुरक्षणकाे उचित बजार मूल्यकाे बढीमा चालीस प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्न पाइने प्रावधान थियाे । उपत्यका बाहिरका लागी राष्ट्र बै‌ंकले साबिककाे पचास प्रतिशतकै सीमा यथावत राखेकाे छ। यसैगरी निजी आवासीय घर कर्जा र इजाजत प्राप्त आवासीय परियोजना सञचालक कम्पनीले आवासीय घर निर्माणको लागि धिताे सुरक्षणकाे उचित बजार मूल्यकाे बढीमा ६० प्रतिशतसम्म कर्जा लिनसक्ने साबिककाे प्रावधानलाई नै बै‌ंकले निरन्तरता दिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS