IME Life New

जीवन बीमककाे भदाै महिनाकाे काराेबार तथ्यांक सार्वजनिक गर्न किन ढिलासुस्ती ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमकले भदाै महिनामा गरेकाे काराेबारकाे विवरण प्रकाशन गरेकाे एक साता बितिसक्दा पनि जीवन बीमा कम्पनीकाे व्यापारकाे तथ्यांक अझैसम्म सार्वजनिक गर्न सकेकाे छैन।

प्राधिकरणले वास्तविक समयकाे तथ्या‌ंक संकलन गर्ने भन्दै आइआरएमएस प्रणाली प्रयाेगमा ल्याए पनि अझैसम्म बीमकले उपलब्ध गराउने बासी तथ्या‌ंकमै निर्भर भइरहेकाे छ । प्राधिकरणकाे सूचना प्रविधि प्रणाली अन्तर्गतकाे सर्भरमा केन्द्रिकृत गरिएकाे अध्यावधिक तथ्यांक जुनसुकै समयमा उपलब्ध गराउनुपर्ने भएपनि बीमकले आइआरएमएस प्रणालीलाई पूर्ण रुपले स्वीकार नगर्दा काराेबारकाे तथ्या‌ंक गडबड हुने गरेकाे छ।

Esewa
Crest

प्राधिकरणले वास्तविक समयमा काराेबार गर्न र वास्तविक समयकै काराेबार तथ्यांक प्राधिकरणकाे केन्द्रिकृत सूचना प्रणालीमा साझा गर्न निर्देशन दि‌ंदै आएपनि बीमकले अझैसम्म पनि टेरेका छैनन् । अटेर गर्ने प्रवृत्ती निर्जीवन बीमक भन्दा पनि जीवन बीमकहरुमा बढी देखिएकाे छ।

केहीले मर्जरकाे बहाना गरेका छन्, केहीले तथ्यांक झिक्दा प्राविधिक त्रुटी हुँदैछ भन्ने प्रष्टीकरण दिएका छन्, तथ्यांक प्रकाशनमा ढिलाईबारे जिज्ञासामा प्राधिकरणका एक अधिकारीले भने,केहीमा हामीले नै तथ्यांककाे पुष्ट्याइँ गर्न थप जानकारी मागेकाले तथ्यांक प्रशाेधन ढिलाे हुन गएकाे हाे ।

बीमकले उपलब्ध गराएकाे तथ्यांककाे सत्यता परिक्षण नै नगरी एकीकृतरूपमा प्रकाशन गर्दा तथ्यगत त्रुटीहरू थुप्रै फेला परेकाे थियाे । मसान्तमा उपलब्ध गराएकाे तथ्यांक, काेर सफ्टवेयरले देखाएकाे तथ्यांक र बीमककाे वित्तीय विवरणमा प्रकाशित तथ्यांकबीच व्यापक अन्तर देखिन थालेपछि प्राधिकरणले गत असारयता बीमककाे तथ्यांकलाई आँखा चिम्लेर पत्याउन छाेडेकाे छ।

अहिले हामी प्रत्येक काेणबाट तथ्या‌ंककाे विश्वसनीयता परिक्षण गरिरहेका छाैं, ती अधिकृतले तथ्यांक प्रशाेधनबारे जानकारी दिंदै भने,तथ्यांक त्रुटीरहित छ भन्ने निर्क्याैल भइसकेपछि मात्र प्रकाशन गर्न थालिएकाे छ।

प्राधिकरणले निर्जीवन बीमककाे तथ्यांकमा विधागत विविधता तुलनात्मकरूपमा थाेरै हुने भएकाले प्रशाेधन र प्रकाशन सहज र छरिताे भएकाे बताएकाे छ। जीवन बीमककाे हकमा मृत्यु दाबी, आवधिक दाबी, परिपक्व दाबी, बीमालेख कर्जा, बीमालेख नविकरण, नयाँ बीमालेख बिक्री, बीमालेख पुनर्जागरण, व्यतित बीमालेख, म्यादी बीमालेख, लघु बीमालेख, सावधिक बीमालेख, एकल बीमाशुल्क भुक्तानी बीमालेख, अग्रिम भुक्तानी बीमालेख लगायतका विभिन्न तथ्यांकहरू संकलन,प्रशाेधन र  परिक्षण गर्नुपर्ने भएकाले तुलनात्मकरूपमा अप्ठेराे र ढिलाे भएकाे प्राधिकरणका अधिकारीहरूले स्पष्टीकरण दिई रहेका छन् ।

वास्तविकता चाहिँ के हाे भने प्राधिकरणसँग भएकाे एकीकृत सूचना प्रणालीमा बीमकले वास्तविक समयकाे वास्तविक काराेबार सम्बन्धी तथ्या‌ंक बाँड्न नै चाहेका छैनन् , नक्कली काराेबारमै रमाउने प्रवृत्तीका कारण ।

नेपाल बीमा प्राधिकरणले पटक पटक सचेत गराउँदा समेत वास्तविक समयमा काराेबार नगरी प्राधिकरणलाई नै काराेबार तथ्या‌ंकमा बीमकले ठग्दै आएका छन् । वास्तविक काराेबार नभएपनि प्रतिस्पर्धीभन्दा अब्बल देखिनका लागि  वास्तविक काराेबारभन्दा फरक तथ्या‌ंक दिने प्रवृत्ती अझै कायमै रहेकाे हाे ।

प्राधिकरणले असार मसान्तकाे काराेबार सम्बन्धी तथ्यांकमा ढाँटेकाे भन्दै १९ वटा बीमा कम्पनीहरूलाई कारवाहीकाे तयारी गरेकाे सूचना असाेजकाे पहिलाे साता आम सञ्चारमाध्यममार्फत् चुहाएकाे थियाे । साउनमै प्राधिकरणले काराेबार तथ्या‌ंकमा छल भएकाे प्रमाणसहित निष्कर्ष निकाले पनि अझैसम्म कारवाही गर्ने हिम्मत राखेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS