IME Life New

काराेबार सुस्त भएपछि ग्राहकलाई लाेभ्याउँदै डिजिटल वालेट कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक गतिविधिमा सुस्तताका कारण पैसाकाे काराेबार ओरालाे लागेपछि विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनीहरुले ग्राहक तान्न अनेक याेजनाहरु सार्वजनिक गरि रहेका छन् । चाडपर्वकाे माैसम शुरु भइसक्दा समेत सामान्य अवस्थाभन्दा पनि डिजिटल भुक्तानी काराेबार खस्किएपछि अफर ल्याउन बाध्य भएका हुन् ।

सर्वाधिक ठूलाे ग्राहक आधार भएकाे ई सेवा डिजिटल वालेटले समेत प्रत्येक सेवामा पचास देखि सय रुपैयाँसम्म नगद छुट कुपन वितरण गरिरहेकाे छ। ई सेवाले बै‌ंक खातालाई ईसेवामा जाेड्दा भाग्यशाली विजेतालाई माेटरसाइकल,माेबाइल फाेन सेट र टिभी समेत उपहार दिने घाेषणा गरेकाे छ। याे उपहार याेजना असाेज १८ सम्म लागू गरेकाे छ। यसैगरी वैदेशिक राेजगारमा रहेका नेपाली कामदारबाट रेमिट्यान्स प्राप्त गर्दा हुने काराेबार बढाउनका लागी काठमाडाै‌ंमा घर उपहार याेजनालाई पुनः शुरु गरेकाे छ।

Esewa
Crest

खल्ती डिजिटल वालेटले पनि बै‌ंक खातामा निःशुल्क पैसा पठाउने सुविधा, हवाई टिकट खरिदमा निःशुल्क टिकट जित्ने माैका, माेबाइल टप अप गर्दा हिराकाे औंठी उपहार याेजना सार्वजनिक गरेकाे छ।

एक कराेडकाे नगद उपहारः

चल्तीका डिजिटल वालेटहरुमध्ये आइएमई पे वालेटले सबैभन्दा धेरै क्यास ब्याक(नगद फिर्ता) उपलब्ध गराई रहेकाे छ। माेबाइल ब्यालेन्स रिचार्जमा, हवाई टिकट बुकिङमा समेत ईसेवा र खल्तीले भन्दा धेरै क्यासब्याक उपलब्ध गराएकाे छ। यसबाहेक आइमई पे वालेटमा विदेशबाट आइएमई रेमिट मार्फत् रेमिट्यान्स पठाउँदा भाग्यशाली विजेताले प्रत्यके महिना एक लाख रुपैयाँ र बम्पर उपहारमा १ कराेड रुपैयाँ नगद उपहार समेत पाउने घाेषणा गरेकाे छ।

वालेटमा जम्मा हुने रकममा वाणिज्य बै‌ंकले दिए जति नै ब्याज दिने आइएमइ पे एक मात्र डिजिटल वालेट सेवा प्रदायक हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS