IME Life New

निर्जीवन बीमकले लघु बीमा मार्फत् संकलन गरे रु १ अर्ब ५६ करोड, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को भदौ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले लघु बीमालेख बिक्री वापत साढे १ अर्बमाथि कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार १२ बीमकले ३ हजार १३३ वटा बीमालेख बिक्री गरी १ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । यीमध्ये १० वटा निर्जीवन बीमक र २ वटा हालै संचालनमा आएका लघु बीमक हुन् ।

चालू आर्थिक वर्षकाे भदौ महिनामा मात्रै यी बीमकहरुले ११ सय २३ वटा बीमालेख जारी गरेर १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् प्राधिकरणका अनुसार चालू आवकाे भदाै मसान्तसम्ममा ओरिएण्टल इन्स्योरेन्सले ११ वटा लघु बीमालेख बेचेर १ करोड १९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेशनल इन्स्योरेन्सले ४ वटा बीमालेख बिक्री गरी ६ हजार बीमाशुल्क कमाएकाे छ । नेको इन्स्योरेन्स कम्पनीले ११ सय ६८ वटा बीमालेख बिक्री गरी ६५ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क स‌ंकलन गरेको छ । प्रभु इन्स्योरेन्स कम्पनीले २३६ वटा बीमालेख जारी गरेर १३ करोड ९२लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

Esewa
Crest

त्यस्तै, शिखर इन्स्योेन्सले ११ सय २ वटा बीमालेखबाट १६ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्सले ३० वटा बीमालेख बिक्री गरी ३ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क कमाएकाे छ । सानिमा जिआइसी इन्स्योरेन्सले १४४ वटा बीमालेख बिक्री गरी १६ करोड ९०लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्याेरेन्सले २ सय २२ वटा बीमालेख बेचेर २३ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३६ वटा बीमालेख बेच्दा ७८ हजार बीमाशुल्क कमाएकाे छ । यूनाइटेड अजोड इन्स्योरेन्सले ७३ वटा बीमालेख बेच्दा ७ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

हालै संचालनमा आएका नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले ६६ वटा बीमालेख बिक्रीबाट ६ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क उठाएकाे छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ४१ वटा बीमालेख बेचेर २ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS