Connect IPS
IME Life

भदौ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे ७ अर्ब ८ करोड कुल बीमा शुल्क, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को भदौ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ८ करोडमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङक अनुसार यी कम्पनीहरुले ४ लाख ८ हजार ९७३ वटा बीमालेख जारी गरी ७ अर्ब ८ करोड ४८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

यस अवधिसम्ममा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । यस कम्पनीले यस अवधिसम्ममा ९१ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ७३ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ६६ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६४ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ५५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले ५२ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ५१ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले ४५ करोड ३० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी एनएलजी इन्स्योरेन्स कम्पनीले ४२ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । प्रभु इन्स्योरेन्सले ४१ करोड ४३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्सले ३७ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । ओरिएण्टल इन्स्योरेन्सले ३२ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेशनल इन्स्योरेन्सले ३० करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल इन्स्योरेन्सले २६ करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS