IME Life New

ईसेवाले आफ्ना क्युआर मर्चेन्टहरुलाई ल्यायो नयाँ अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ईसेवाले आफ्ना क्युआर मर्चेन्टहरुलाई नयाँ अफर ल्याएको छ। यस अफर मार्फत ईसेवा क्यूआर मर्चेन्टहरूले ५ सय रुपैयाँसम्मको टपअप तथा हरेक हप्ता ५ जना व्यवसायीले १ महिनाको इन्टरनेट सित्तैमा जित्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस अफर ३ महिनासम्म (भाद्र १५ देखि मङ्सिर १४, २०८०) सम्म चल्ने जनाएको छ ।

यस अफर मार्फत क्यूआर मर्चेन्ट भएका व्यवसायीहरूले इसेवामार्फत प्राप्त बिजनेस क्यूआर मार्फत भुक्तानी लिएको हुनुपर्नेछ। व्यवसायीहरूले इसेवा बिजनेस क्यूआर सक्रिय भएको पहिलो महिनामै १ सय रुपैयाँ वा सो भन्दा बढिको ३ वा बढि कारोबार क्यूआर मार्फत प्राप्त गर्दा १० रुपैयाँदेखि ५ सय रुपैयाँसम्मको टपअप प्राप्त गर्न सक्ने छन्।

Esewa
Crest

साथमा, हरेक हप्ता ५ जना भाग्यशाली मर्चेन्टले १५ सय रुपैयाँ बराबरको एक महिनाको इन्टरनेट प्याकेज पनि जित्न सक्ने इसेवाले जनाएको छ। इसेवाका अनुसार ईसेवामार्फत प्राप्त बिजनेस क्यूआर प्रयोग गरी भुक्तानी लिँदा व्यवसायीले आफ्नो इच्छा अनुसार इसेवा खाता वा बैंक खातामा पैसा जम्मा गर्न सक्नेछन्।

साथै, ईसेवा प्रयोगकर्ताले समेत डिजिटल माध्यमको प्रयोग गरी नगद वा चानचुनको झन्झट बिना सजिलै कारोबार गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS