काठमाडौं । दावा टेक्नोलोजिले नेपाल अधिराज्यभरका ‘डिलर मिट’ सम्पन्न गरेको छ । चिनियाँ ब्राण्ड दावाले नेपालको आधिकारिक बिक्रेता एचएमसी नेपालको आयोजनामा एक कार्यक्रम गर्दै डिलर मिट सम्पन्न गरेको हो ।
डिलर मिटका क्रममा वर्षभरी दावा टेक्नोलोजिको सामाग्री धेरै बेच्ने १२ डिलरलाई सम्मान सहित ५ लाख बराबरको हेल्थ इन्स्योरेन्स प्रदान गरिएको छ । कार्यक्रमको प्रमुख अतितीमा एआईजी किरण बज्राचार्य थिए । यस्तै, दावा टेक्नोलोजिका चिनियाँ डेलिगेट्सहरु समेत उपस्थिती थिए ।
आधिकारिक बिक्रेता एचएमसीका सन्तोस कुमार श्रेष्ठले दावा टेक्नोलोजिका कारण नेपालमा असुरक्षाको जोखिम न्यूनीकरण हुँदै गएको बताए । उनले चिनियाँ कम्पनी दावा टेक्नोलोजिबाट उत्पादित सीसी क्यामेराका कारण समाजमा शान्ति र अमनचयन कायम गर्न सहयोगी भूमिका खेलेको बताए ।
यस्तै, एआईजी किरण बज्रचार्यले सीसी क्यामेराका कारण समाजमा सुरक्षा र शान्ति कायम गर्न सहज भएको बताए । उनले देशमा भइरहेका प्रमुख अपराधिक घटनामा सीसी टीभी फुटेजका कारण अनुसन्धान गर्न र उनीहरुलाई नियन्त्रणमा लिन सहज भएको समेत बताए ।
देशभरका डिलहरु सहभागी ‘डिलर मिट २०२३’ मा चीनबाट दावा टेक्नोलोजिका दक्षिण एसिया क्षेत्रीय निर्देशक जेम्स युले नेपालमा सीसी क्यामेराको बजार बढ्दो अवस्थामा रहेको बताए । उनले भने, ‘चीन र भारतबीचमा रहेको नेपालमा आर्थिक गतिविधि बढ्दै जाँदा सीसी टीभीको माग समेत बढ्दै गइरहेको छ ।’ कार्यक्रमको ब्यवस्थापन रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेको थियो ।