IME Life New

मनाउँ तीज रियलमीसँग टिकटक च्यालेन्ज, आकर्षक पुरस्कार पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सर्वाधिक विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर मनाउँ तीज रियलमीसँग टिकटक च्यालेन्ज ल्याएको छ।

यस च्यालेन्जमा सहभागी हुनका लागि नेपालमा नै बसोबास गरिरहेका नेपाली नागरिकहरुले कुनै पनि तीजको गीतमा नाचेर भिडियो खिच्नुपर्ने हुन्छ। उक्त भिडियोमा #ManauTeejrealmeSanga र #DareToLeap  र @realmenepal  प्रयोग गरेर  ट्याग गरेर टिकटक च्यालेन्जमा सहभागी हुन सकिनेछ।

Esewa
Crest

भदौ २२ गते सुरु भएको यो प्रतियोगितामा आज हरितालिका तीजको राति अर्थात् असोज १ गते रातिको १२ बजेसम्म सहभागी हुन सक्नेछन्। सबैभन्दा बढी लाइक प्राप्त गर्ने ५ भिडियोलाई विजेता घोषणा गरिनेछ। विजेताहरुलाई रियलमीद्वारा आकर्षक पुरस्कारका साथै आफ्नो परिवारको एकजना सदस्यसँग रात्रिभोज जाने मौका पनि प्रदान गरिनेछ।

रियलमी नेपालले समस्त नेपाली नारीहरुलाई हरितालिका तीजको शुभकामना पनि व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS