IME Life New

आईफोन १५ सिरिज सार्वजनिक, कति पर्छ मुल्य ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रसिद्ध अमेरिकी प्रविधि कम्पनी एप्पलले मंगलबार राती ‘वन्डरलस्ट’ इभेन्टमा आईफोन १५ सिरिज तथा एप्पल वाच सिरिज ९ लन्च गरेको छ। यसका साथै एप्पले इभेन्टमा एप्पल वाच अल्ट्रा २ पनि लन्च गरेको छ।

कम्पनीले पहिलो पटक चार्जिङ्गको लागि टाइप सी पोर्ट उपलब्ध गराएको छ। अहिलेसम्म एप्पलले आइफोनमा लाइटनिङ्ग पोर्ट मात्र उपलब्ध गराएको थियो। एप्पलले आईफोन १५ मा ४८ मेगापिक्सलको मेन क्यामरा दिएको छ। आईफोन १५ र १५ प्लसमा ए १६ बायोनिक चिप जडान गरिएको छ। त्यस्तै, आईफोन १५ प्रो र प्रो म्याक्समा ए १७ बायोनिक चिप उपलब्ध गराएको छ।

Esewa
Crest

नयाँ आइफोन १५ सेप्टेम्बर अर्थात शुक्रबारदेखि एप्पलको आधिकारिक वेबसाइट र विभिन्न अनलाइन स्टोरबाट प्रि–अर्डर गर्न सकिनेछ। त्यस्तै, आईफोन १५ का सिरिजहरु सेप्टेम्बर २२ देखि उपलब्ध हुने एप्पलले जनाएको छ।

एप्पलले १२८ जीबी भेरियन्टका आईफोन १५ को सुरुवाती मूल्य ७९९ डलर तोकेको छ भने १२८ जीबी स्टोरेज भएको आईफोन १५ प्लसको सुरुवाती मूल्य ८९९ डलर तोकेको छ। त्यस्तै २५६ जीबी इन्टर्नल स्टोरेज भएको आईफोन १५ प्रोको सुरुवाती मूल्य ९९९ डलर र २५६ जीबी स्टोरेज भएको आईफोन १५ प्रो म्याक्सको सुरुवाती मूल्य ११९९ डलर निर्धारण गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

60%
amazed

अचम्मित

0%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS