काठमाडौं । नेपालमा बीमा व्यवसाय र यसकाे भविष्य सम्बन्धमा विमर्शका लागि हालै काठमाडाैंमा आयाेजित एक सार्वजनिक कार्यक्रममा जीवन बीमा, निर्जीवन बीमा र बीमासँग सम्बन्धित प्रविधिका जानकारहरुले नेपालमा बीमा व्यवसायमा डिजिटलाइजेशनकाे भविष्यबारे व्यक्त गर्नुभएकाे धारणाकाे सम्पादित अंश हामीले इन्स्योरेन्स खबरमा समेटेका छाैं।
निर्मलकाजी श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत- मेट लाइफ नेपाल:
डिजिटलाइजेशन भनेको डिजिटल माध्यमबाट बीमालेखको बिक्री गर्नु मात्र हो भन्ने बुझाई साँघुरो बुझाई हुनजान्छ। डिजिटलाइजेशन भनेको बीमासँग जोडिने हरेक सेवालाई डिजिटल फ्रेमवर्कभित्र समेट्ने अवधारणा हो । यसमा संभावित ग्राहकसँग सम्पर्क स्थापित गर्ने देखि लिएर बीमाको बारेमा जानकारी बाँड्ने, बीमालेख खरिद गर्न सहमत बनाउने, बीमालेख प्रस्ताव लिने, मूल्यांकन गर्ने, बीमाशुल्क लिने, बीमालेख जारी गर्ने र बीमालेखसँग सम्बन्धित सेवाहरू समेत डिजिटल माध्यमबाटै दिने भन्ने हो । एशियाली मुलुकको तुलनामा डिजिटलाइजेशनमा जान हामी ढिला भइसकेका छौं । विकसित मुलुकहरू एआइमा गई सकेका छन् । नेपालमै पनि मोबाइल प्रयोगकर्तामध्ये ८० प्रतिशतसँग स्मार्ट फोन छ, कम्पनी तयार छन् । नियामक पनि तयार छ, डिजिटल पलिसी गाइडलाइन जारी गर्दैछ । यो डिजिटल बिक्री मात्र नभएर सबैको संलग्नता पूर्ण सेवामा आधारित इण्ड टु इण्ट सल्युशन दिने अवधारणा हो।
अर्काे महत्वपूर्ण पक्ष के हाे भने हामीले डिजिटलाइजेशनकाे नाममा कठिनाई थप्नु हुँदैन सरलीकृत गर्नुपर्छ। हामीले सेवा प्रवाहमा जति सहजता ल्याउन सक्छाैं, त्यत्ति नै याे प्रभावकारी हुनेछ। अस्सी वर्षकाे हजुर आमाले पनि मेराे फेसबुक पेज खाेल्देउन भन्नुहुन्छ। हामी डिजिटलकाे कुरा गर्दा बीमा बिक्री मात्रकाे कुरा गर्छाै । धेरै मुलुकले प्रयास गरेपनि बीमामा प्रत्यक्ष बिक्रीमा एकदमै थाेरै मुलुक सफल भएका छन् । याे व्यवसाय भनेकाे प्रत्यक्ष बिक्री गर्नुपर्छ, बुझाउनुपर्छ, पुस सेल्स गर्नुपर्छ । विकसित मुलुकमा समेत पूर्ण डिजिटलाइज्ड नभएर हाइब्रिड डिजिटल अवधारणामा काम भइरहेकाे छ । यसमा उद्गगम (लिड्स) डिजिटल माध्यमबाट प्राप्त हुन्छ तर त्यसपछि त्यसलाई सम्बाेधन गर्ने बाँकी काम चाहिँ मानवीय जनशक्तिले काम गर्छ। हामीले सर्वसाधारणहरू डिजिटल सर्भिस प्रयाेगमा ल्याउने अवस्था पर्खनुभन्दा पनि आफैंले सकृयता देखाएर याे सेवा शुरू गर्नुपर्छ र उपभाेक्तालाई अभ्यस्त बनाउनुपर्छ ।
प्रकाश विक्रम खत्री, प्रमुख कार्यकारी अधिकृत- सूर्य ज्योति लाइफ:
हरेक काम गर्दा कुनै न कुनै जोखिम हुन्छ । दुई करोड नब्बेलाख जनसंख्याको आधारमा तुलना गर्दा प्रत्येक दश हजार नेपालीको लागी बीमा कम्पनीको १ वटा शाखा भागमा परेको देखिन्छ। यसले के देखाउँछ भने हामीले पहुँच बढाउनका लागी सूचना प्रविधिमा आधारित सेवामा जोड दिनुपर्छ। डिजिटलाइजेशन भनेको डिजिटल सर्भिस जोडेर ग्राहक स्वयमले आफ्नो आवश्यक पुरा गर्न सक्ने क्षमता बढाउने प्रयास हो ।
उमेरको आधारमा हेर्दा नेपालमा जेनरेशन वाइ जस अन्तर्गत ८० को दशक देखि सन् १९९५ र जेन जेड जस अन्तर्गत सन् १९९५ पछि जन्मिएकाहरु हाम्रो संभाव्य ग्राहक हुन् । उनीहरूबीच उमेरको भिन्नता मात्र नभएर उनीहरूको आवश्यक्ता, जीवन शैली र विचार सबै भिन्न छ । जेन वाइले कम्पनीको आधारभूत अवस्था कस्तो छ, आधारभूत पक्षहरु कस्तो छ भन्ने चासो राख्छ तर जेन जेडले प्रविधिमा कस्तो विकास गरेको छ, सामाजिक सेवामा कतिको खर्च गरेको छ भन्ने चासो राख्छ। हाम्रो जनसंख्या को औसत उमेर २४.५ वर्ष छ, यो भनेको यूवा उमेरको बाहुल्यता छ। अहिले हामीले परिकल्पकना गरेको डिजिटलाइजेशन भनेको पूर्णतः स्वचालित माध्यमबाट बीमा बिक्री गर्ने भन्ने अवश्य होइन । तर ग्राहक र हामीबीचको अन्तरकृया चाहिँ डिजिटल माध्यमबाट हुनुपर्छ भन्ने हो ।
कस्टमर मात्र डिजिटल हुने भन्ने हाेइन, हामी स्वयम् पनि डिजिटलाइज्ड भएका छाैं कि छैनाै भन्ने मुख्य चासाे हुनुपर्छ। यसकाे जाेखिम के छ भने हाम्राे आइटी अझै पनि तयार छैन। त्यस किसिमकाे सेवा दिनका लागी नेटवर्क ,डेटा सेन्टर सर्भर सेक्युरिटी त्यसका लागी तयार छ कि छैन भन्ने मेराे शंका छ । उपलब्धतामा,क्षमता छ की छैन? २४ सै घण्टा उपलब्ध छ की छैन ? त्यसलाई पनि हामीले अपडेट गर्न सकेनाै भने डिजिटल सिस्टम त हुन्छ तर अफलाइन हुनेछ।
एउटा राम्राे पक्ष के हाे भने जीवन बीमामा वैदेशिक राेजगारी बीमामा पूर्ण डिजिटलाइजेशन छ। वैदेशिक राेजगारमा गइ सकेपछि उनीहरुलाई जीवन बीमा गर्न चाहिँ चुनाैती छ, नेपालीलाई बाहिर गएर वित्तीय अवस्था सुधार्न प्रेरित गरे पनि हामीले पर्याप्त वित्तीय सुरक्षा दिन सकेका छैनाैं । वैदेशिक राेजगार बीमाले जम्मा जम्मी १४ लाख रूपैयाँ मात्र क्षतिपूर्ती दिने भएकाले वास्तविक आयकाे आधारमा यसले न्यायाेचित क्षतिपूर्ति दिएकाे छैन ।
वीरेन्द्र बहादुर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत – सिद्धार्थ प्रिमियर इन्स्योरेन्स :
हामीले भर्खरै मात्र पूर्णतः डिजिटलाइज्ड बीमा दाबी सेवा शुरु गरेका छाैं । यसका लागी नियामकले पनि एक तहकाे अनुमति दिएकाे छ। यसलाई पूर्ण मान्यता दिनका लागी हामीले अनुराेध गरि सकेका छाैं । निर्जीवन बीमा गर्न जति सजिलाे छ दाबी लिन उत्तिक्कै गाह्राे छ, कागजकाे ढड्डा लिएर हिंड्नुपर्छ । केही कम्पनीले दाबीका लागी द्रूत सेवा गर्न विशेष सेवा पनि ल्याए । यसै क्रममा हामीले पनि केही नयाँ प्रविधि मैत्री ल्याऔं भन्ने साेचका साथ लाग्याैं र सेवा पनि शुरू गर्याैं । यसकाे प्रतिकृया राम्राे पाएका छाैैं । छाेटाे समयमै उल्लेख्य संख्यामा बीमा दाबी फर्छ्याैट गर्न सफल भयाैं।
३२ देखि ४० प्रतिशत बीमा हामीले साना उद्यमीबाट पाई रहेका छाैं उनीहरूलाई हामीले द्रूत गतीमा बीमा दाबी दिन सक्याै भने यसले विश्वसनीयता बढाउनेछ। हामीले डिजिटल माध्यमबाट सेवा प्रवाह गर्दा मल्टीपल रेगुलेटरकाे कम्प्लायन्सलाई हामीले सम्बाेधन गर्नुपर्ने हुन्छ। सफ्टकपिकाे कागजी प्रति नै प्रमाणका रुपमा
बिना पूर्वाधारकाे तयारी गरि हाल्याै, तर हामीले अझै पूर्वाधार तयार पार्न जरुरी छ। जनशक्ति पनि टिकाउनु चुनाैती छ। एउटा इकाे सिस्टम चाहिन्छ सेवा प्रदायकहरु अभिकर्ता अस्पताल, ग्यारेजहरूसँग प्रविधि छैन सूचना तथ्यांक पाउन सकेनाैं भने हामी सेमि अटाेमेशनमै सीमित हुनेछाैं ।
अपरेशनल जाेखिम पनि छ, अनलाइन माध्यमबाट आउने भएकाले यसमा जाेखिम व्यवस्थापनकाे पक्षलाई पनि प्रविधिकाे माध्यमबाट सम्बाेधन गर्न बाँकी छ।
किशोर दाहाल,प्रबन्ध निर्देशक- अरहान्त सोलुसनस् :
बीमा कम्पनीलाई सूचना प्रविधिकाे माध्यमबाट अटाेमेशनमा लैजाने हाे । हामी फूल डिजिटलाइज्ड हुन अझै पनि तयारीमा ५ वर्ष लाग्छ। हामीसँग भएकाे डाटा बेसमा बीमितकाे वास्तविक विवरण नै छैन । बीमितकाे व्यक्तिगत डाटा बेसमा बीमाका कर्मचारी स्वयम् वा अभिकर्ताकाे माेबाइल नम्बर छ, यस्ताे अवस्थामा हामीले कसरी बीमितसम्म प्रत्यक्ष संचार गर्न सक्छाैं । माेबाइल नम्बर, इमेल, बैंक खाता नम्बर, अध्यावधिक ठेगाना, यी सबैलाई डाटाबेसमा अध्यावधिक गर्नुपर्छ।
मेराे विचारमा हामीले बीमा बिक्री भन्दा पनि बिक्री पछिकाे सेवामा डिजिटलाइज्ड गर्न सक्याैं भने त्यसले बिमितलाई प्राेत्साहित गर्छ। बीमा प्रतिकाे भराेसा र विश्वास बढाउने छ जस्ताे लाग्छ । बिक्री पछिकाे सेवालाई हामीले डिजिटलाइज गर्याै भने बीमितले द्रूत सेवा पाउँछ। हामीले देखेका छाैं बीमालेख बेच्नका लागी भनेर केही कम्पनीले पाेर्टल बनाउनु भयाे, तर महिनामा पाँचवटा बिजनेश पनि ल्याउन सक्नु भएन ।
वेबसाइट वा डिजिटल माध्यमबाट लिड आउँछ तर बिजनेशमा कन्भर्सन हुन सकेन भने त्यसले अर्थ राख्दैन । हामीले बीमालेख कर्जा प्रवाहलाई सहज बनाऔं । काेही अस्पतालमा छ भने त्यहीबाट डिजिटल माध्यमकाे प्रयाेग गरेर कर्जा माग्न सकाेस्, बैंक खातामा सिधै कर्जा रकम जम्मा हुन सकाेस् । बरू यसका लागी एउटा सीमा ताेक्न सकिन्छ। त्यसैगरी बीमाकाे दाबी भुक्तानी सहज बनाऔं, सर्भाइभल बेनिफिटकाे रकम सिधै खातामा पठाऔं । हामीले जीवन बीमाका लागी अटाेमेशन गर्न अहिले एशियन लाइफबाट तयारी हामीले शुरू गर्याैं, नाै कराेड लगानी गरि सकेका छाैं, तर अझैसम्म सफ्टवेयर पूर्ण हुन सकेकाे छैन । यस्ताे कामका लागी बीमा कम्पनी आफैंले लगानी गर्न संभव हुँदैन, हाम्राे जस्ताे इन्स्याेरटेक कम्पनीसँग आउट साेर्स गर्दा किफायती हुन्छ ।
भारतकाे पाेलिसी बजार जस्ताे सेवा शुरु गर्न हामी कहाँ अझै पनि धेरै काम गर्न बाँकी छ। हामी त्यस्ताे मुलुकमा छाैं , जहाँ बीमा कम्पनीले प्रतिस्पर्धीले जानकारी पाउला भनेर टेक्निकल नाेट लुकाउने प्रवृत्ती छ, यस्ताे अवस्थामा एग्रिगेटरले के काे आधारमा बीमालेखलाई तुलना गर्ने आधार दिन सक्छ? यसकाे लागी सबैभन्दा पहिले बीमा कम्पनीहरु खुल्ला हुनुपर्याे। हामीले पनि बाेनशले डाेर्याई रहेकाे बजारलाई विशुद्ध बीमाले डाेर्याउने बजारमा रुपान्तरण गर्न सक्नुपर्छ, अनि मात्र संभव हुन सक्छ ।