IME Life New

दूरसंचार सेवा प्रदायक एनसेलकाे प्रति ग्राहक औसत आम्दानी १९ रुपैयाँले खुम्चियाे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । निजी क्षेत्रकाे दूरस‌ंचार सेवा प्रदायक एनसेल एजियाटाकाे प्रति ग्राहक औसत आम्दानी उल्लेख्यरुपमा गिरावट आएकाे छ। एनसेल एजियाटाले सार्वजनिक गरेकाे वित्तीय प्रतिवेदन अनुसार सन् २०२२ मा प्रति ग्राहक औसत आम्दानी १९ रुपैयाँले खुम्चिएकाे छ।

वित्तीय प्रतिवेदन अनुसार सन् २०२१ मा प्रति ग्राहकबाट औसत २०८ रुपैयाँ आम्दानी हुँदै आएकाेमा गत वर्ष १८९ रुपैयाँमा सीमित हुन पुग्याे । एनसेलले गत वर्षसम्ममा कूल १ कराेड ७१ लाख थान सिमकार्ड बिक्री गरेकाे छ। एनसेलले सन् २०२२ मा कूल ३९ अर्ब २० कराेड रुपैयाँ आम्दानी  गरेकाे थियाे ।

Esewa
Crest

फाेन कलबाट प्राप्त हुने र अन्तर्राष्ट्रिय कलबाट प्राप्त हुने आम्दानीमा निरन्तर गिरावट देखिएकाे प्रतिवेदनमा उल्लेख छ। यसैगरी अन्तर टेलिकम सेवा शुल्क(एउटा सेवा प्रदायककाे माेबाइल नम्बरबाट अर्काे सेवा प्रदायककाे माेबाइल नम्बरमा फाेन गर्दा) मा पनि करिब ८१ प्रतिशतकाे उल्लेख्य कटाैतीले पनि राजश्वमा चुनाैती थपिएकाे प्रतिवेदनमा उल्लेख छ।

निजी कम्पनीकाे रुपमा स्थापना भएकाे एनसेल एजिआटा आर्थिक वर्ष २०७६/७७ मा नै पब्लिक लिमिटेड कम्पनीमा रुपान्तर भएकाे हाे । रुपान्तरण भएकाे पाँच वर्ष बितिसक्दा पनि एनसेलले सर्वसाधारणमा प्राथमिक शेयर निष्काशनकाे तयारी गरेकाे छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS