IME Life New

इन्स्याेरेन्स खबरमा प्रकाशित समाचार अब सुन्न पनि सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । सूचना प्रविधिकाे प्रयाेगलाई समय अनकूल अपनाउँदै गएकाे क्यापिटल न्यूज नेटवर्कले इन्स्याेरेन्स खबर डट कममा प्रकाशित सामाग्रीहरु सुन्न मिल्ने सेवा समेत शुरु गरेकाे छ। इन्स्याेरेन्स खबरका पाठकले यसमा प्रकाशित समाचारहरु जुनसुकै बेला पनि रेडियाेमा समाचार सुने झैं सुन्न सक्ने भएका छन्।

इन्स्याेरेन्स खबरले पाठककाे सुविधालाई मध्यनजर गर्दै आर्टिफिसियल इन्टेलिजेन्समा आधारित टेक्स्ट टु स्पिच(शब्दबाट आवाज) प्रविधि प्रयाेगमा ल्याएकाे हाे । हाल परिक्षणको रुपमा प्रयोगमा ल्याइएको याे प्रविधिकाे मद्दतले कमजाेर दृष्टी हुने पाठकले आवाजकाे माध्यमबाट इन्स्याेरेन्स खबरका समाचार सुन्न सुविधा हुने भएकाे छ। यसबाहेक निरक्षरले पनि समाचार सुनेर बीमाबारे जानकारी हासिल गर्न उपयाेगी हुने विश्वास छ।

Esewa
Crest

क्यापिटल न्यूज नेटवर्कका अध्यक्ष केशब प्रसाद भण्डारीले बीमा क्षेत्रमा सचेतना अभिवृद्धि र पारदर्शितालाई प्राथमिकता दि‌ंदै आएकाे इन्स्याेरेन्स खबरले अडियाे सेवा समेत परिक्षण शुरु गरेकाे बताए । उनले पाठक प्रतिक्रियाको आधारमा अझै परिमार्जित गर्दै लैजाने जानकारी दिए।

क्यापिटल न्यूज नेटवर्कले यसअघि नै इन्स्याेरेन्स खबर माेबाइल एप्स समेत प्रयाेगमा ल्याई सकेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS