IME Life New

४० प्रतिशत महिला जनशक्ति रहेकाे शिखर इन्स्याेरेन्समा महिनावारीमा महिला कर्मचारीलाई बिदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । निर्जीवन बीमक शिखर इन्स्याेरेन्सले महिला कर्मचारीहरुका लागी महिनावारीकाे समयमा बिदाकाे सुविधा उपलब्ध गराएकाे छ। महिनाबारीका समयमा महिला कर्मचारीलाई हुने शारीरिक र मानसिक पीडाकाे समयमा आराम दिलाउनका लागि कम्पनीले बिदाकाे सुविधा दिएकाे हाे ।

महिनामा एक पटक महिला कर्मचारीले महिनावारीका समयमा बिदा बस्न पाउँछन् । यस्ताे बिदा आकस्मिकरुपमा समेत बस्न पाउने सुविधा कम्पनीले दिएकाे छ। कम्पनीले गत असारबाट याे सुविधा शुरु गरेकाे हाे ।

Esewa
Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले महिला कर्मचारीलाई महिनाबारीका समयमा हुने शारीरिक पीडाबाट थाेरै भएपनि राहत दिनका लागि बिदाकाे सुविधा दिइएकाे जानकारी दिए । उनले भने,कामकाे समयमा पीडाले एकाग्रता नहुँदा कार्य सम्पादनमा प्रभाव पर्छ, त्यस्ताे बेला आराम गर्न पाउँदा मानसिक स्वास्थ्य पनि राम्राे हुनजान्छ।

जनशक्ति नियुक्तिमा महिला सशक्तिकरणलाई जाेड दि‌ंदै आएकाे शिखर इन्स्याेरेन्समा करिब ४० प्रतिशत महिला जनशक्ति छन् । कम्पनीले प्रकाशन गरेकाे आव २०७९।८०काे तेश्राे त्रैमाससम्मकाे तथ्या‌ंक अनुसार कूल ६३७ जना कर्मचारीमध्ये २५३ महिला जनशक्ति कार्यरत छन् । निर्जीवन बीमकहरूमध्ये याे दाेश्राे ठूलाे राेजगारदाता कम्पनी हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

2%
sad

दु :खी

9%
amazed

अचम्मित

6%
excited

उत्साहित

8%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS