IME Life New

साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यापार ४ अर्ब, सगरमाथा लुम्बिनीको सर्वाधिक हुँदा कुनले कति गरे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले झण्डै ४ अर्ब कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार २ लाख १३ हजार ८२८ वटा बीमालेख विक्री गरी ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

साउन महिनामा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ५५ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । कम्पनीको बजार हिस्सा १३ दशमलव ८४ प्रतिशत रहेको छ । दोस्रोमा सिद्धार्थ प्रिमियरले ४२ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । कम्पनीको बजार हिस्सा १० दशमलव ६६ प्रतिशत रहेको छ । तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३४ करोड ३७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । कम्पनीको बजार हिस्सा ८ दशलमव ६२ प्रतिशत रहेको छ ।
त्यस्तै, शिखर इन्स्योरेन्सले ३३ करोड ६८ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३० करोड ४० लाख, राष्ट्रिय बीमा कम्पनीले २९ करोड ४४ लाख, यूनाइटेड अजोड इन्स्योरेन्सले २६ करोड ४६ लाख, प्रभु इन्स्योरेन्सले २५ करोड ६ लाख, नेको इन्स्योरेन्सले २४ करोड ९८ लाख, एनएलजी इन्स्योरेन्सले २४ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

Esewa
Crest

त्यसैगरी, ओरिएण्टल इन्स्योरेन्सले २० करोड ७२ लाख, नेशनल इन्स्योरेन्सले १९ करोड ६० लाख सानिमा जिआसीले १७ करोड ८८ लाख, नेपाल इन्स्योरेन्सले १४ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । सबैभन्दा थोरै नेपाल इन्स्योरेन्सको बजार हिस्सा ३ दशमलव ५६ प्रतिशत मात्रै रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%
happy

खुसी

9%
sad

दु :खी

9%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS