IME Life New

तीन डिसिइओ सहित शिखर इन्स्याेरेन्स हाँक्ने यी हुन् उच्च व्यवस्थापक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । निर्जीवन बीमक शिखर इन्स्याेरेन्सले उच्च व्यवस्थापकीय तहमा एक महिलासहित तीनजना कर्मचारीलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेकाे छ। इन्स्याेरेन्सले बिमल राज नेपाल, पुष्कर महत र सबिता मास्केलाई नायब प्रमुख कार्यकारी अधिकृत पदकाे जिम्मेवारी दिएकाे छ। यी मध्ये नेपालले दाबी, महतले बजार र मास्केले अण्डरराइटिङ(जोखिमाङ्कन) विभागकाे जिम्मेवारी सम्हालि रहेका छन् ।

नायब प्रमुख कार्यकारी अधिकृत विमलराज नेपालसँग नेपालकाे बीमा क्षेत्रमा ५३ वर्ष लामाे अनुभव छ। राष्ट्रिय बीमा संस्थानबाट सन् १९७० जुनमा बीमा क्षेत्रमा आफ्नो करियर सुरु गरेका नायब प्रमुख कार्यकारी विमलराज नेपालले निरन्तर २५ वर्षसम्म स‌ंस्थानमा काम गरे। सन् २०११ मा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा प्रवेश गर्नु अघि उनी प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडमा कार्यरत थिए । उनी पुनर्बीमा र दाबीमा विशेष दक्खल राख्छन्। उनले भारत, बेलायत र स्वीस बीमा प्रशिक्षण केन्द्र, जुरिच (स्विजरल्याण्ड) को बीमा कलेजमा तालिम लिने अवसर पाए र भारतका विभिन्न प्रसिद्ध कम्पनीहरू/पुनर्बीमक र ब्रोकरसँग पनि कामकाे शिलशिलामा अनुभव हासिल गर्ने अवसर पाए ।

Esewa
Crest

प्राध्यापन पेशा छदै बीमा क्षेत्रमा प्रवेश गरेका नायब प्रमुख कार्यकारी अधिकृत पुस्कर महतसँग नेपालको बीमा क्षेत्रमा करिब तीन दशक लामाे अनुभव छ। शिखर इन्स्योरेन्स कम्पनीमा आवद्ध हुनुअघि उनले नेको इन्स्योरेन्स कम्पनी लिमिटेडमा नायब महाप्रबन्धक पदमा कार्यरत थिए ।

नेपालकाे पहिलाे महिला एसिआइआइ चार्टर्ड बीमक महिलाकाे रुपमा परिचित नायब प्रमुख कार्यकारी अधिकृत सविता मास्केसँग बीमा संस्थानमा २० वर्षभन्दा लामो समय काम गरेकाे अनुभव छ। उनलाई बीमाको सामान्य अभ्यासको बारेमा गहिरो ज्ञान छ । आफ्नो व्यवसायीक यात्रामा उनले बीमा संस्थानमा मोटर वाहन बीमा, अग्नि बीमा विभाग प्रमुख मात्र नभएर र प्रशासन विभाग समेत सम्हाल्ने अवसर पाएकी थिइन् । बीमा क्षेत्रमा दशकाै‌ं लामाे अनुभव नवप्रवेशीहरूसँग साट्न उनले नेपाल बीमा प्राधिकरण, नेपाल व्यवस्थापन संघ (म्यान) र स्टाफ कलेजले आयोजना गरेकाे तालिममा प्रशिक्षण समेत दिएकी छिन् ।

यसैगरी राज रिमाल,  उदित प्रसाद काफ्ले र प्रज्वल आचार्य सहित तीनजना महाप्रबन्धक रहेका छन् । काफ्लेले अण्डरराइटिङ र आचार्यले पूर्व क्षेत्रकाे बजार र व्यवस्थापन सम्हाल्दै आएका छन् । कम्पनीले हालै सहायक महाप्रबन्धक सुरज राजबाहकलाई नायब महाप्रबन्धक पदमा बढुवा गरेकाे छ।

आफ्नो जागिरे यात्रा सन् १९९८ मा सुरु गरेका महाप्रबन्धक रिमालसँग एभरेष्ट बैंक, बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंक लगायत विभिन्न बैंकिङ क्षेत्रमा काम गरेकाे अनुभव छ।रिमालले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा महाप्रबन्धकको रूपमा व्यावसायिक भूमिका निभाउनु अघि मे २०२१ देखि जुन २०२२ सम्म चौधरी ग्रुप, कर्पोरेट कार्यालयमा  पूर्वाधार परियोजना, बैंकिङ, बीमा र असुलीका लागि महाप्रबन्धकको रूपमा पनि काम गरेका थिए।

१८ वर्षदेखि बीमा क्षेत्रमा लागेका अर्का महाप्रबन्धक काफ्ले शिखर इन्स्योरेन्सकाे स्थापनाकालदेखिका कर्मचारी हुन् । शिखर इन्स्योरेन्सकाे जग बसाल्ने समूहमा आबद्ध हुनु अघि उनी एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमा ८ वर्षभन्दा बढी समय काम गरेका थिए। काफ्लेले जाेखिमांकन, पुनर्बीमा, दाबी र दाबी सम्बन्धी अनुसन्धानको राम्रो ज्ञान हासिल गरेका छन्। उसको मुख्य विशेषज्ञता जाेखिमा‌ंकनमा छ। बीमा बारे प्राविधिक ज्ञान सहितकाे बुझाईका कारण उनले शिखर इन्स्याेरेन्सकाे बजार व्यवस्थापन टाेलीलाई बीमित र ग्राहककाे आवश्यक्तासँग समन्वय गर्न मद्दत गर्छन् ।

महाप्रबन्धक प्रज्वल आचार्य बीमा बजारिकरणमा पाेख्त मानिन्छन् । उनले हाल पूर्वी नेपालको व्यापार र व्यवस्थापनलाई सम्हालिरहेका छन् ।

नायब महाप्रबन्धक सुरज राजबाहक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थानबाट मान्यता प्राप्त चार्टर्ड एकाउन्टेन्ट हुन्। उनले आइक्यानको सीए परीक्षामा प्रथम मेरिट श्रेणी समेत प्राप्त गरेका छन् । कम्पनी सचिवको भूमिकासँगै उनले कम्पनीको वित्त विभाग र आन्तरिक नियन्त्रण विभागको नेतृत्व गरिरहेका छन् ।

शिखर इन्स्याेरेन्सकाे नेतृत्व सम्हाली रहेका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे बीमा क्षेत्रमा चिरपरिचित नाम हाे । नेपालकाे निर्जीवन बीमा कम्पनीबारे जानकारी हुनेलाई उनीबारे जानकारी हुन्छ भन्ने आम बुझाई छ। उनीसँग बीमा क्षेत्रमा तीन दशक लामाे अनुभव छ। शिखर इन्स्योरेन्समा आबद्ध हुनुअघि उनले करिब १० वर्ष एभरेष्ट इन्स्योरेन्समा महाप्रबन्धकको रुपमा काम गरेका थिए । व्यावसायीक क्षमता, विवेक र टिमवर्कमा दृढ विश्वासले उनलाई स्थानीय र अन्तर्राष्ट्रिय बजारमा अनुभव प्राप्त गर्न मद्दत गरेको छ। सामाजिक सञ्जालमार्फत् प्राप्त हुने आफ्ना बीमितकाे ससाना प्रतिकृया,गुनासाे र समस्यालाई पनि प्राथमिकताका साथ समाधान गर्न तत्पर रहने उनी नेपाल बीमक स‌ंघकाे पूर्व अध्यक्ष समेतकाे हैसियतमा बीमा प्राधिकरणलाई नीतिगत तहमा समेत सुझाव दिने क्षमता राख्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%
happy

खुसी

3%
sad

दु :खी

16%
amazed

अचम्मित

0%
excited

उत्साहित

3%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS