IME Life New

नेपाल इन्स्याेरेन्स र प्रभू इन्स्याेरेन्सलाई प्राधिकरणले फेरी साेध्याे स्पष्टीकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । नेपाल बीमा प्राधिकरणले न्यूनत्तम चुक्ता पूँजी पुर्‍याउनका लागी सुस्त देखिएकाे भन्दै दुई निर्जीवन बीमकसँग पुनः स्पष्टीकरण मागेकाे छ। प्राधिकरणले चुक्ता पूँजी वृद्धिका लागी भइरहेकाे प्रयासका सम्बन्धमा नेपाल इन्स्याेरेन्स र प्रभू इन्स्याेरेन्सलाई सात दिनभित्र जानकारी पेश गर्न भनेको छ।

दुबै बीमकलाई सात दिनभित्र पुनः पूँजी वृद्धि याेजना पेश गर्न निर्देशन दिएका छाै‌ं, प्राधिकरणका एकजना अधिकारीले भने, उनीहरूबाट भइरहेकाे प्रयाससम्बन्धमा क्लियर पिक्चर आएपछि के गर्ने भन्नेमा निर्णयमा पुग्नेछाै‌ं।

Esewa
Crest

नेपालकाे पहिलाे बीमा कम्पनी नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडले २ अर्ब ५० कराेड रूपैयाँ चुक्ता पूँजी पुर्‍याउन अझै ६८ प्रतिशत अपुग रहेकाे छ। नेपाल इन्स्याेरेन्ससँग हाल १ अर्ब ४९ कराेड ४७ लाख ६५ हजार रुपैयाँ चुक्ता पूँजी कायम छ। यसैगरी प्रभू इन्स्याेरेन्सले चुक्ता पूँजी पुरा गर्न अझै ८२ प्रतिशत पूँजी अपुग छ। प्रभू इन्स्याेरेन्ससँग हाल जम्मा चुक्ता पूँजी १ अर्ब ३७ कराेड ६१ लाख २२ हजार रुपैयाँ छ।

पुराना स‌ंस्था हुन्, कारवाही गर्ने वा चलाउने भन्ने अप्रिय निर्णय गर्ने पक्षमा प्राधिकरण छैन,ती अधिकारीले भने, चुक्ता पूँजी पुर्‍याउन कति प्रतिबद्ध छन् भन्ने पक्ष हाम्राे चासाे हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS