Connect IPS
IME Life

एमडिआरटी ग्लोबल कन्फ्रेन्स २०२३ मा सूर्यज्योतिबाट टिओटी घिमिरे, सिओटी गौरभ सहित ४ जना सहभागी हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट एमडिआरटी ग्लोबल कन्फ्रेन्स २०२३ मा टिओटी कमल प्रसाद घिमिरे , सिओटी बन्न सफल नेपालगञ्जका गौरभ शाहि ठकुरी, एमडिआरटी द्धय सिर्जना पन्त र अमिता कुरमारी चौधरी जाँदै छन् । सिंगापुरमा यहि अगस्ट २६ देखि ३१ तारिखसम्म आयोजना हुने (एमडीआरटी) मिलियन डलर राउन्ड टेबल ग्लोबल कन्फ्रेन्स २०२३ मा सहभागी हुन यस कम्पनीबाट उनीहरु ४ जना क्वालिफाइड भएका हुन् । उनीहरु आज सिंगापुर प्रस्थान गर्दैछन् ।

वि.स. २०७४ सालबाट बीमा क्षेत्रमा काम शुरु गरेका घिमिरेले पहिलो वर्षमै सबैभन्दा बढी बीमा शुल्क संकलन गरी उत्कृष्ट भएका थिए । अथाह मेहेनतका कारण सूर्यज्योति लाइफबाट आर्थिक वर्ष २०७९/८० मा व्यक्तिगत कोडमार्फत सर्वोत्कृष्ट व्यवसाय प्रदान गर्ने उनी सूर्यज्योति रत्न अवार्डबाट विभुषित भएका छन् । घिमिरे एमडिआरटी, सिओटी र टिओटी समेत हात पारिसेका व्यक्ति हुन् । उनी घिमिरेले सो एमडिआरटी सम्मेलनमा भाग लिने जनाइएको छ ।

Prabhu
Crest

उक्त कन्फरेन्समा विश्वभरका देशहरुबाट एमडीआरटीको मापदण्ड अनुरुप टार्गेट पुरा गर्ने विभिन्न कम्पनीहरुका अभिकर्ताहरुको संयुक्त भेला हुनेछ । समारोहमा भाग लिन उत्साहित भएका ठकुरीले आफु त्यहाँ पुगेर देशको झण्डा फहराउनुको साथै, आफ्नो कम्पनी सूर्यज्योति लाइफको प्रतिनिधित्व गर्दै जाने अवसर प्राप्त भएकोमा अत्यन्तै हर्षित रहेको बताए । साथै, आफु त्यहाँ गई नयाँ ज्ञान सिकेर अझै आफु सक्षम र दक्ष हुने कुरामा विश्वस्त रहेको बताए ।

साविकको ज्योति लाइफ स्थापनाको शुरुवाती अवस्थादेखि नै बीमा क्षेत्रमा अभिकर्ताको रुपमा काम थालेका गौरभले आफ्नो व्यावसाय संगसंगै बीमा क्षेत्रमा पनि उत्कृष्टता हासिल गर्दै आज यो स्थान सम्म आइपुगेका छन् । छोटो समयमै उनी चार पटक एमडिआरटी बन्न सफल भई यस वर्ष सिओटी समेत बन्ने सौभाग्य पाएसँगै यस कन्फ्रेन्समा सहभागी हुँदैछन् । गौरभ एक व्यवसायी र समाजसेवी पनि हुन् । उनले जडिबुटी सम्बन्धीको व्यापार गर्छन् । उनी अभिकर्तामा लाग्नुभन्दा अघि ठेक्का पट्टाको काम गर्थे ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

17%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS