IME Life New

प्राधिकरणले एकसाथ सार्वजनिक गर्याे चार थरीका लघु बीमा याेजना

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीका लागी चार प्रकारका लघु बीमालेख जारी गरेकाे छ। प्राधिकरणले लघु सम्पत्ती बीमा, दुर्घटना बीमा, सेंधमारी बीमा, घर बीमा सहित चार प्रकारका बीमालेख जारी गरेकाे छ।

प्राधिकरणले जारी गरेकाे सम्पत्ती बीमालेखमा प्रति हजार बीमांकका लागी एक रूपैयाँ पचास पैसा बीमाशुल्क निर्धारण गरिएकाे छ। बीमाशुल्क भुक्तानी भएकाे मितिदेखि जाेखिम बहन शुरु हुनेछ। एउटै सम्पत्तीकाे एक भन्दा बढी बीमकसँग बीमा गर्न नपाउने प्रावधान राखिएकाे छ।

Crest

सम्पत्ती बीमालेख अन्तर्गतकाे जाेखिम बहन नहुने अवस्था वा अपवादहरुः

क) यन्त्र उपकरणको टुटफुट,उच्च भोल्टेजको कारण विद्युतीय उपकरणको क्षति, तापक्रम परिवर्तन वा विस्फोटनले भएको क्षति ।
ख) बीमितको लापरवाही, लागूऔषधको प्रयोग, आपराधिक कृयाकलाप, आत्महत्या तथा आत्महत्याको प्रयास र चोरीको कारणले भएको क्षमताको।
ग) बीमितको आम्दानीमा आएको कमी वा अन्य अप्रत्यक्ष क्षति ।
घ) रासायनिक, जैविक तथा आणविक हतियार, युद्ध आदिको कारणले भएको क्षतिको ।
ङ) सार्वजनिक निकायले नष्ट वा जफत गर्दा भएको क्षतिको ।

घर बीमा

घर बीमाकाे बीमाशुल्क दर प्रति हजार बीमा‌ंककाे पचास पैसा निर्धारण गरिएकाे छ। बीमा अवधि भित्र  बीमा गरिएको घर र घर अन्तर्गत रहेको चल अचल सम्पत्तीमा अपवाद बाहेक अन्य सबै जोखिमबाट भएको क्षतिको क्षतिपूर्ती बीमकले बीमांककाे सीमा तथा बीमालेखकाे अधिनमा रही प्रदान गर्नेछ। साथै क्षति हुँदाका बखत घरपरिसरमा रहेका बढीमा पाँचजनासम्म परिवारका सदस्यकाे मृत्यु वा स्थायीपूर्ण अशक्त भएमा प्रति व्यक्ति एक लाख रूपैयाँ प्रदान गरिनेछ।

सेंधमारी बीमा

सेंधमारी बीमाकाे बीमाशुल्क दर पनि घर बीमाकाे बीमांक बराबर अर्थात् प्रति हजार बीमांकमा पचास पैसा नै कायम गरिएकाे छ।

बीमा अवधिभित्र बीमा गरिएकाे सम्पत्तीकाे सेंधमारी वा हतियार सहित भएकाे डकैतीका कारणले पूर्ण वा आ‌ंशिकरूपमा क्षति भएमा बीमांक तथा बीमालेखकाे शर्तहरूकाे अधिनमा रही बीमकले क्षतिपूर्ती प्रदान गर्नेछ।

सेंधमारी बीमाकाे अपवादः

क)कुनैपनि कारणले भएको आगलागी वा विष्फोटनबाट भएको क्षति,
ख) बीमित, बीमितको परिवारको सदस्य वा बीमितको लागी काम गर्नेहरुको संलग्नता रहेको वा जानाजान वा लापरवाहीको कारणले भएको क्षती,
ग) सेँधमारी वा हतियार सहित भएको डकैतीका कारणबाट उत्पन्न भएको अप्रत्यक्ष क्षति,
घ) दैवी प्रकोप, आतंकवादी कृयाकलाप, युद्ध,आक्रमण, शत्रुता,यूद्धजन्य कार्य, विद्रोह, दंगा,हडताल, क्रान्ति लगायतका कारणबाट उत्पन्न भएको क्षति,
ङ) सार्वजनिक निकायले सम्पत्ती नष्ट वा जफत गर्दा भएको क्षति ।

दुर्घटना बीमा

दुर्घटना बीमाकाे बीमाशुल्क तर प्रति हजारमा पचहत्तर पैसा कायम गरिएकाे छ। बीमितकाे मृत्यु भएमा बीमांककाे १० प्रतिशत वा दश हजार रूपैयाँ किरिया खर्च समेत उपलब्ध हुनेछ । दुर्घटनामा मृत्यु भएमा बीमांक बराबरकाे पुरा रकम र अंगभंग भएमा, अपाङगता भएकाे अवस्थामा बीमा‌ंककाे दश प्रतिशतदेखि पचास प्रतिशत सम्म दाबी भुक्तानी गर्ने प्रावधान याे बीमा अन्तर्गत छ।

अपवादः

१) जानी जानी आफैं ले लगाएको चोट, आत्महत्या वा आत्महत्याको प्रयासको कारणले भएको दुर्घटना,
२) मादक पदार्थ सेवन वा लागूऔषधको प्रयोग वा मानसिक सन्तुलन नभएको कारणलेभएको दुर्घटना,
३) मानव जीवन रक्षा गर्दा बाहेक नचाहिँदाे खतरा मोल्दा, जोखिमपूर्ण खेलकुद वा कृयाकलापमा संलग्न भएमा वा अपराधिक कार्य गर्दा भएको दुर्घटना ,

दुर्घटना बीमा एक भन्दा बढी बीमकमा गर्न नहुने भनेर प्राधिकरणले मान्छेकाे जीवनकाे मूल्यलाई निर्धारित गर्ने प्रयास गरेकाे छ। यद्दपी मानव जीवनकाे मूल्य ताेक्न स‌ंभव छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS