Connect IPS
IME Life

शिक्षालाई विश्वव्यापी रुपमा प्रतिष्पर्धी बनाउनेगरी शिक्षा ऐन ल्याउनुपर्छः सांसद आचार्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेकपा(एमाले)का सांसद भिम प्रसाद आचार्य नेपालको शिक्षालाई विश्वव्यापी रुपमा प्रतिष्पर्धी बनाउनेगरी शिक्षा ऐन ल्याउनुपर्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद आचार्यले नेपालको शिक्षालाई विश्वव्यापी रुपमा प्रतिष्पर्धी, सुलभ र बजारको माग अनुरुपको बनाउनुपर्ने बताएका हुन् ।

उनले प्रतिष्पर्धी शिक्षाको व्यवस्था गर्दै विद्यार्थीहरु विदेशिने क्रम रोक्नुपर्ने बताए । शिक्षा ऐन तत्कालका समस्याहरुलाई समाधान गर्ने प्रकारको मात्र नभई शिक्षालाई विश्वव्यापी रुपमा प्रतिष्पर्धी बनाउनेगरी ल्याउनुपर्ने बताए । त्यसको निम्ति अहिले मस्यौदा भएको ऐनले नपुग्ने भन्दै मस्यौदालाई परिमार्जन गरेर शिक्षा ऐन ल्याउनुपर्नेमा जोड दिए । त्यस्तै शिक्षा नियमावलीलाई पनि परिमार्जित गर्नुपर्ने बताए । त्यसैगरी पाठ्यक्रमहरु पनि वर्षौंदेखिका पुराना रहेका भन्दै पाठ्यक्रमको परिमार्जन गर्नुपर्ने पनि उनको भनाई छ ।

Prabhu
Crest

उनले भने, ‘शिक्षालाई विश्वव्यापी रुपमा प्रतिष्पर्धी बनाउन, सुलभ, सस्तो बनाउन बजारको माग अनुसार शिक्षाको व्यवस्था गर्नुपर्छ । हाम्रो देशमा यस क्षेत्रमा रहेका समस्या प्रतिष्पर्धी क्षमताको कमीका कारण वर्षेनी लाखौँ विद्यार्थीहरु विदेशीने क्रम असाध्यै तिब्र छ । यसलाई रोक्नुपर्छ । यसको लागि हामीले कुनै डण्डा लगाएर रोक्ने होइन । विकल्पमा राम्रो प्रतिस्पर्धि शिक्षाको व्यवस्था देशभित्रै निर्माण गरेर हामीले रोक्नुपर्छ ।

सर्वप्रथम शिक्षा ऐन हामीलाई उत्पन्न भइरहेका तत्कालिन समस्याहरुको समाधान गर्ने खालको मात्र होइन । विश्वव्यापी प्रतिष्पर्धी शिक्षा बनाउनको निम्ति संसारका सबै उदाहरण हेरेर त्यसमा उत्कृष्ट उदाहारणलाई फलो गर्दै त्यसमा अनुकुल हुने हिसावले हामीले शिक्षा ऐन गर्नुपर्छ । मैले बुझेसम्म अहिलेको ड्राफ्ट पर्याप्त छैन । परिमार्जित शिक्षा ऐन ल्याउनु जरुरी छ । तुरुन्तै सरकारले ल्याओस् । शिक्षा नियमावली भद्रगोल छ, त्यसले प्रतिष्पर्धी शिक्षाको अवस्थालाई लान सक्दैन । संरचनाहरु के हो भन्नेमा पनि अन्यौलतापूर्ण छ ।

त्यसलाई परिमार्जित शिक्षा ऐन र अहिलेको दुनियाँको आवश्यकताको आधारमा शिक्षा नियमावली परिमार्जित गरेर सरकारले ल्याओस् । शिक्षाको पाठ्यकक्रम अपडेटेड छैनन् । पुराना पाठ्यक्रम छन् । त्यसमा कुनै अनुसन्धान, खोज छैनन् । ति पाठ्यकक्रमले अहिलेको आवश्यकताको छेउ पनि पूरा गर्न सक्दैनन् । प्राथमिक, माध्यामिक, उच्च माध्यामिक विद्यालयको पाठ्यक्रम अपडेटेड गरोस् ।’

सांसद आचार्यले शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न शैक्षिक क्यालेन्डर बनाउनुपर्ने बताएका छन् । त्यस्तै पूर्वाधार निर्माणमा पनि ध्यान दिदैँ शिक्षण संस्थाहरुमा शैक्षिक वातावरण हुनुपर्ने पनि उनको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS