IME Life New

नेपाल र प्रभु इन्स्याेरेन्सकाे पूँजी वृद्धिका लागि प्राधिकरण हदैसम्म लचिलाे, दुबै कम्पनीले हकप्रद जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल बीमा प्राधिकरणले ताेकेकाे चुक्ता पूँजी कायम गर्नका लागी गाभ्ने /गाभिने विकल्प नराेजेका दुई पुराना निर्जीवन बीमक नेपाल इन्स्याेरेन्स र प्रभु इन्स्याेरेन्सकाे भविष्यलाई लिएर बजारमा अनेक अड्कलबाजी चलिरहेकाे छ। अनेक अड्कलबाजीका बीच प्राधिकरणका अधिकारीहरुले यी दुबै कम्पनीलाई हस्तक्षेप गर्दा बीमा उद्याेग डिस्टर्ब हुन सक्ने भन्दै चुक्ता पूँजी पुर्याउनका लागी सक्दाे समय उपलब्ध गराउने भएका छन् । चुक्ता पूँजीकाे विषयलाई लिएर हस्तक्षेप गर्ने हाे भने डिस्टर्ब हुनसक्छ, प्राधिकरणका  कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले भने, त्यसैले हामी सक्दाे लचिलाे भएर उनीहरूकाे प्रयासलाई नजिकबाट नियाली रहेका छाै‌ं ।

Esewa
Crest

नेपाल इन्स्याेरेन्सको हाल चुक्ता पूँजी १ अर्ब ४९ कराेड ४७ लाख रुपैयाँ छ। यसैगरी प्रभु इन्स्याेरेन्सको १ अर्ब ३७ कराेड ६१ लाख रुपैयाँ चुक्ता पूँजी छ। यी दुबै कम्पनीले कम्तीमा २ अर्ब ५० कराेड रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्छ। अब प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याउनका लागि प्रभु इन्स्योरेन्सले ८२ प्रतिशत पूँजी जुटाउनु पर्नेछ भने नेपाल इन्स्योरेन्सले ६७ प्रतिशत पुँजी जुटाउनु पर्ने देखिन्छ ।

प्राधिकरणको सुझावका आधारमा नेपाल इन्स्याेरेन्सबाट संस्थापक शेयर बिक्री गर्दै आइएमई समूह बाहिरिंदैछ। आइएमई समूहकाे स्वामित्वमा रहेकाे संस्थापक शेयरमध्ये १३ प्रतिशत संस्थापक शेयर एशियन लाइफ इन्स्याेरेन्सकाे स्वामित्वमा आइसकेकाे छ। नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको घर जग्गा बेचेर पुँजी पुर्याउने योजना बनाएको प्राधिरणले जनाएको छ । स्थिर सम्पत्ति र शेयर विक्री भई आएको नाफालाई पूँजीकृत गर्ने अनि अनी नपुग रकम हकप्रद जारी गरी पुर्याउने जनाएको छ ।

त्यस्तै, दुबै इन्स्योरेन्स कम्पनीको नेपाल पुनर्बीमामा भएको २०/२० लाख कित्ता संस्थापक शेयर विक्री गरेर पूँजी संकलन गर्ने र अपुग रकम हकप्रद शेयर जारी गरी प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याउने योजना बनाएका छन् ।

पहिलाे चरणमा  लाभांशवापतकाे रकमबाट शेयर वितरण गरि सकेपछि अपुग के कति हुन्छ, त्यसका लागि राइट शेयर जारी गर्न दिने पक्षमा बीमा प्राधिकरण सकारात्मक छ । प्राधिकरणले गत असार सम्ममा निर्जीवन बीमकलाई चुक्ता पूँजी कम्तीमा २ अर्ब ५० कराेड रुपैयाँ पुर्याउन निर्देशन दिएकाे थियाे । प्राधिकरणकाे निर्देशनकाे आधारमा चुक्ता पूँजी पुर्याउनुपर्ने बाध्यात्मक अवस्थामा केही निर्जीवन बीमकले मर्जरलाई विकल्पकाे रुपमा राेजेपनि ७५ वर्ष पुरानाे इतिहास बाेकेकाे नेपालकै पहिलाे निर्जीवन बीमक नेपाल इन्स्याेरेन्स र प्रभु ग्रुप मुख्य प्रवर्द्धक रहेकाे प्रभु इन्स्याेरेन्सले मर्जरको लागि प्रयासरत थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

43%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS