IME Life New

नेपाल पुनर्बीमा कम्पनी अझै पनि अन्तर्राष्ट्रिय रेटिङकाे प्रकृयामै अल्झियाे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले अन्तर्राष्ट्रिय क्रेडिट रेटिङका लागी प्रकृया शुरु गरेकाे चार महिना बितिसक्दा पनि अझैसम्म रेटिङ सम्पन्न हुन सकेकाे छैन। पुनर्बीमाले गत चैतमा अन्तर्राष्ट्रिय क्रेडिट रेटिङका लागी प्रकृया शुरु गरेकाे थियाे ।

सरकारी निजी स्वामित्वकाे पुनर्बीमककाे प्रकृयागत झण्झट र सञ्चालक समितिकाे सुस्तताका कारण क्रेडिट रेटिङ कार्य अझैसम्म पनि पुरा हुन नसकेकाे हाे ।

Esewa
Crest

पुनर्बीमकका अनुसार प्राविधिक प्रस्ताव स्वीकृत भएका दुई अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी एस एण्ड पि ग्लाेबल रेटिङस र एम बेष्ट एशिया प्यासिफिककाे आर्थिक प्रस्ताव भदाै १३ गते खाेलिनेछ। आर्थिक प्रस्तावमा न्यूनत्तम रकम प्रस्ताव गर्ने अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सीलाई रेटिङकाे जिम्मा दिने छ।

सरकारी स्वामित्वको पुनर्बीमकको हैसियतमा मात्र अन्तर्राष्ट्रिय बजारमा पुनर्बीमा व्यवसायका लागी प्रतिस्पर्धा गर्न सहज नभएपछि नेपाल पुनर्बीमाले अन्तर्राष्ट्रिय रेटिङकाे तयारी गरेको हो । नेपाल पुनर्बीमा कम्पनी संचालनमा आएकाे ८ वर्ष पुरा भइसक्दा समेत अझैसम्म यसकाे अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीबाट क्रेडिट रेटिङ हुन सकेकाे छैन ।

क्रेडिट रेटिङले कुनै पनि कम्पनीले वित्तीय दायीत्व ताेकिएकाे समयमै पुरा गर्न सक्ने क्षमता कस्ताे छ भन्ने प्रतिबिम्बित गर्छ । यस्ताे रेटिङकाे आधारमा सम्बन्धित कम्पनी जाेखिम बहन गर्न सक्षम रहे नरहेकाे,वित्तीय सबलता रहे नरहेकाे यकीन गर्नका लागी बाह्य पक्षलाई सहयाेग पुर्याउँछ। साथै उच्च श्रेणीकाे क्रेडिट रेटिङ प्राप्त गर्न सक्ने स‌ंस्थाकाे विश्वसनीयता बढाएर व्यवसाय प्रवर्द्धनमा समेत याेगदान गरेकाे हुन्छ।

निजी क्षेत्रकाे पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्याेरेन्सले एक वर्षको अन्तरालमा एम वेष्टसँग दुई पटक शेयर निष्काशनकर्ताको हैसियतमा वित्तीय साख मूल्या‌ंकन गराई सकेको छ। रेटिङ गराए पनि कमजाेर वित्तीय क्षमता र नयाँ कम्पनी भएकाले विश्वसनीयता हुँदा अन्तर्राष्ट्रिय बजारमा पहुँच बिस्तार गर्न असक्षम रहेकाे छ। नीतिगत तहमा पहुँच स्थापित गरेर सरकारी स‌ंरक्षणवापत प्राप्त व्यापारकाे भरमा टिकेकाे छ ।

सरकारी स्वामित्व, अधिकांश बीमा कम्पनीहरूकाे शेयर लगानी, नीतिगत संरक्षण, चुक्ता पूँजी, महाविपत्ती काेष, पुनर्बीमा व्यवसायमा पाँच वर्ष भन्दा लामो अनुभवलगायत कारणले हिमालय रिइन्स्याेरेन्सभन्दा तुलनात्मकरूपमा यसकाे रेटिङ राम्राे हुनसक्ने आधार छन् ।

भारतीय बीमा नियामकले अन्तरसीमा पुनर्बीमक(छिमेकी मुलुकको पुनर्बीमा कम्पनी)का लागी पनि अन्तर्राष्ट्रिय रेटिङ अनिवार्य गरिदिए पछि दक्षिण एशियाली छिमेकी मुलुकका पुनर्बीमकले भारतीय बजारकाे व्यापार गुमाउनुपरेकाे छ। सीमित पुनर्बीमकले मात्र रेटिङ गराएकाले यसवर्ष पुनर्बीमा सम्झौता नविकरणकाे अवसर धेरै पुनर्बीमकले गुमाएका छन् । भारतमा अप्रिल महिनादेखि कार्यान्वयनमा आउने पुनर्बीमा सम्झाैता(ट्रिटी) जनवरी महिनामा नै पुनर्बीमा नविकरण हुने गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS