Connect IPS
IME Life

प्रभु इन्स्योरेन्सको नाफा २९ प्रतिशतले बढ्दा अधिकांश सूचकमा उत्साहजनक प्रगति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/ ८०को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

१ अर्ब ३७ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २२ करोड ६४ लाख रुपैयाँ संचिती रहेको छ । अघिललो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २१ करोड ४५ लाख रुपैयाँ संचिती थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको जगेडा कोषमा संचिती रकम बढेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार बृद्धि भई १ अर्ब ३ करोड ६१ लाख ४० हजार पुगेको छ भने अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको बीमा कोष ९१ करोड ५३ लाख थियो । कम्पनीको महा विपत्ती कोषमा ९ करोड २० लाख संचिती छ ।

यस अवधिमा कम्पनीले कर्मचारी बोनश व्यवस्था वापत ३ करोड ४५ लाख रुपैयाँ छुटाइएको छ । यस अवधिमा कम्पनीले २४ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ६१ लाख नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा २९ प्रतिशतले बढी हो ।
समिक्षा अवधिमा कम्पनीले ६३ करोड ८१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ४७ करोड ८८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३३ प्रतिशतले बढेको हो ।

यस अवधिमा कम्पनीले २० करोड ७५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २१ करोड २५ लाख दाबी तिरेको थियो । भुक्तानी हुन बाँकी दाबी ६९ करोड १० लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १८ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ १९८ रुपैयाँ रहेको छ । कम्पनीले ६६ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि बीमा प्राधिकरणमा निवेदन दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

67%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS