IME Life New

हिमालयन रिलाई प्रिमियममा शेयर जारी गर्न बाटाे खुल्यो, धिताेपत्र नियमावली नै संशाेधन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पब्लिक कम्पनीमा रुपान्तरित भएपछि पूँजी जुटाउनका लागी सर्वसाधारणमा शेयर जारी गर्न दुई वर्ष कुर्नुपर्ने प्रावधान खारेज भएकाे छ। मन्त्री परिषद्काे म‌ंगलबार सम्पन्न बैठकले स्वीकृत गरेकाे धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली २०८० मा शेयर जारी गर्ने सम्बन्धी नयाँ प्रावधान समेटिएकाे हाे ।

प्राइभेट लिमिटेड कम्पनीकाे रूपमा दुई वर्ष काराेबार सञ्चालन गरेका कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरित भएलगत्तै सर्वसाधारणमा शेयर जारी गरेर पैसा उठाउन पाउने भएका हुन्।

Esewa
Crest

एक अर्ब रुपैयाँ चुक्तापूँजी भएका बैंक र बीमा कम्पनीले काराेबार सञ्चालनमा ल्याएकाे एक वर्षभित्रै प्रिमियम मूल्यमा सर्वसाधारणमा शेयर निष्काशन गर्न पाउनेछन् । यसअघि लगातार तीन वर्ष नाफामा सञ्चालन भएको संस्थाले मात्र प्रिमियममा शेयर निष्काशन गर्न पाउने प्रावधान थियो । याे प्रावधानले तत्कालै हिमालयन रिइन्स्याेरेन्स कम्पनीलाई फाइदा पुग्नेछ। प्राविधिक रूपमा २०७८ असार ३१ गतेदेखि मात्र काराेबार शुरू गरेकाे याे कम्पनीले पुरा तीन आर्थिक वर्ष काराेबार गर्न पाएकाे छैन ।

गत बैशाखमै प्रिमियम मूल्यमा शेयर निष्काशनकाे तयारी गरेपनि कानूनी अड्चनका कारण सकेकाे थिएन । याे कम्पनीमा गाेल्छा समूह, रमेश कर्प, शंकर समूह, गाेल्यान समूह लगायत मारवाडी व्यापारीक समूहकाे लगानी रहेकाे छ। हिमालयन रिइन्स्याेरेन्सले प्रिमियम मूल्यमा शेयर निष्काशनकाे तयारी गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

22%
happy

खुसी

9%
sad

दु :खी

11%
amazed

अचम्मित

5%
excited

उत्साहित

53%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS