Connect IPS
IME Life

शिखर इन्स्योरेन्सको नाफा ४६ प्रतिशतले बढ्यो, बीमा कोषको आकार १ अर्ब ५३ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोष बाहेक अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

२ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ५९ करोड ६९ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७८ करोड ४३ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको बीमा कोष १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब ३३ करोड ५८ थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको हो ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले ४० करोड ३१ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ५० लाख नाफा गरेको यिो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा ४६ दशमव ८४ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब ५९ करोड २० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनील १ अर्ब २७ करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा २५ प्रतिशतले बृद्धि हो ।

यस अवधिमा कम्पनीले १ अर्ब ५ करोड ९० लाख खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब ४ करोड ७ लाख गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस अवधिमा बढी दाबी बढी तिरेको हो ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १५ रुपैयाँ १९ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १८५ रुपैयाँ ८९ पैसा रहेको छ । पिइ अनुपात ५५.६४ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

79%

खुसी

0%

दु :खी

7%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS