IME Life New

असार महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे ४ अर्बमाथि बीमा शुल्क, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७९/ ८० को असार महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले ४ अर्बमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार यी कम्पनीहरुले असार एक महिनामा मात्रै २ लाख ५५ हजार ९७ वटा बमिा पोलिसी विक्री गरी ४ अर्ब १ करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

प्राधिकरणका अनुसार असार महिनामा मात्रै सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स कम्पनी नै रहेको छ । कम्पनीले यस अवधिमा ५५ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले ४९ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ४० करोड ९४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यस अवधिमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३६ करोड ७७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले २९ करोड १६ लाख, सानिमा जिआइसीले २७ करोड ६२ लाख, यूनाइटेड अजोड इन्स्योरेन्सले २७ करोड २२ लाख, एनएलजी इन्स्योरेन्सले २५ करोड ७१ लाख, नेको इन्स्योरेन्सले २५ करोड २९ लाख बीमा शुल्क आर्जन गरेको छ ।

Esewa
Crest

त्यसैगरी प्रभु इन्स्योरेन्सले २५ करोड १० लाख, ओरिएण्टल इन्स्योरेन्सले २५ करोड ८ लाख, नेपाल इन्स्योरेन्सले १७ करोड ५५ लाख, नेशनल इन्स्योरेन्सले ११ करोड १३ लाख र राष्ट्रिय बीमा कम्पनीले ४ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS