Connect IPS
IME Life

राष्ट्रिय बीमा कम्पनीका आन्दाेलनरत कर्मचारी काममा फर्किए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडाै‌ं । पूर्व सहमति कार्यान्वयनकाे माग गर्दै चरणबद्ध आन्दाेलनमा उत्रिएका सरकारी निर्जीवन बीमक राष्ट्रिय बीमा कम्पनीका आन्दाेलनरत कर्मचारीहरु काममा फर्किने भएका छन् ।

कम्पनी व्यवस्थापन र कर्मचारी यूनियनका प्रतिनिधि बीच शुक्रबार १० बुँदे सहमति पछि कर्मचारीहरु आन्दाेलनका कार्यक्रम स्थगित गर्दै काममा फर्किन सहमत भएका हुन् । यूनियनले अघि सारेका मागमध्ये कम्पनी व्यवस्थापनले सम्बाेधन गर्न सक्ने माग व्यवस्थापन तहबाटै र बाँकी माग पुरा गर्नका लागी अर्थ मन्त्रालयसमक्ष पहल गर्ने सहमति भएकाे छ।

Prabhu
Crest

कर्मचारी यूनियनले २०७९ असाेज ४ गते प्रस्तुत गरिएका कर्मचारीकाे सेवा सुविधा सम्बन्धी मागहरुकाे विषयमा सञ्चालक समिति र व्यवस्थापनसँग विभिन्न चरणमा वार्ता हुँदै आएपनि माग सम्बाेधन नभएपछि कर्मचारी यूनियनले प्रमुख कार्यकारी अधिकृत शेखर बराललाई कार्यालय प्रवेशमा अवराेध गर्दै धर्ना लगायतका आन्दाेलन कार्यक्रम गर्दै आएका थिए ।

राष्ट्रिय बीमा कर्मचारी स‌ंघका उपाध्यक्ष रविन्द्र थापा र नेपाल वित्तीय संस्था कर्मचारी संघ इकाइका वरिष्ठ उपाध्यक्ष सविन पाैडेलले संयुक्त विज्ञप्ती जारी गर्दै आन्दाेलन स्थगनकाे जानकारी दिएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS