Connect IPS
IME Life

शुरुवाती महिनामै दुई लघुबीमाले संकलन गरे २ लाख ५ हजार बीमा शुल्क

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हालै संचालमा आएका नयाँ दुई लघु जीवन बीमाले शुरुवाती महिनामै कुल २ लाख ५ हजार प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।  नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले १ लाखमाथि बीमा शुल्क आर्जन गरेको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म प्रकाशन गरेको वित्तीय विवरण अनुसार यस कम्पनीले १२७ वटा बीमा लेख विक्री गरी १ लाख ४१ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

यस कम्पनीले असार २२ गते कोशी प्रदेशको विराटनगर ७ मोरङमा केन्द्रिय कार्यालय विस्तार गरी व्यवसाय संचालन गर्दै आइरहेको छ । यो नेपालकै पहिलो लघुबीमा कम्पनी हो ।

Prabhu
Crest

यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले ६४ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरको छ । यस कम्पनीले ९२ वटा बीमा पोलिसी विक्री गरी उक्त बीमा शुल्क आर्जन गर्न सफल भएको हो । कम्पनीले गत साउन १० गतेदेखि कणाली प्रदेशको विरेन्द्रनगर केन्द्रीय कार्यालय विस्तार गरी व्यवसाय गर्दै आइरहेको छ ।

नेपाल बीमा प्राधिरणले जीवन बीमालेखको वास्तविक आवश्यकता भएका न्यून आयका गरीब, तल्लो तह, पिछडिएका वर्ग र समुदाय तथा परम्परागत बीमा कम्पनीमा समेटिन नसकेका वर्गलाई लघु जीवन बीमा सुबिधा उपलब्ध गराउनका लागि लघु जीवन बीमालाई लाइसेन्स प्रदान गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS