IME Life New

किसानका लागि वरदान हुन सक्छ साइलेज प्रविधि र साइलेज बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुख्खा माैसममा गाईवस्तुका लागि आहाराकाे जाेहाे गर्नु कम्ता सकस हुँदैन । किसानले सधै‌ंभरि पाेषणयुक्त महँगाे दाना खरिद गरेर गाईवस्तुलाई खुवाउन सक्ने अवस्था नहुन पनि सक्छ। गाईवस्तुका लागी खाद्यान्न (मकै, गहुँ, जाैं लगायत खाद्यान्न) बाट तयार पारिएकाे चाेकर, दाना भन्दा हरियाे घाँस बढी सुपाच्य र स्वस्थ्यकर हुन्छ।

वर्षा माैसममा हरियाे घाँसपातकाे जाेहाे गर्न किसानले धेरै मिहिनेत गर्नुपर्दैन । घरआँगन, बारी, बँगैंचा, खेत जताततै हरियाे घाँस उपलब्ध हुन्छ । रूख विरूवामा पनि पर्याप्त हरियाे पात र हाङ पलाएका हुन्छन्। तर यस विपरित सुख्खा माैसममा किसानका लागी हरियाे घाँसपासकाे जाेहाे गर्नु ज्यादै कठिन हुन्छ। बस्ती देखि टाढाकाे वनजङगलसम्म धाएर घाँसपात बटुल्दै ल्याउनुपर्ने बाध्यता हुन्छ, हिउँदमा । तर ,वर्षायाममा जताततै हरियो !

Esewa
Crest

पशुपालक किसानकाे यीनै समस्यालाई सम्बाेधन गर्दै मकै सहितकाे हरियाे बाेट, डाले घाँस लगायतका हरियाे घाँसपातलाई लामाे समयदेखि बेमाैसममा समेत ताजा र हरियै अवस्थामा राख्ने प्रविधि अर्थात् साइलेज प्रविधिकाे प्रयाेग अहिले व्यापक रुपमा हुन थालेकाे छ। नेपालकाे हकमा यसकाे प्रयाेगले व्यापकता पाउन सकेकाे छैन । तर डाले घाँस र विकासे घाँसकाे उत्पादन वृद्धि हुँदै जाँदा साइलेज प्रविधिकाे माग पनि किसान माझ बढ्दै गएकाे छ।

साइलेज प्रविधिकाे सहायतबाट वर्षातकाे माैसममा उत्पादन भएकाे घाँसलाई पाैष्टिक तत्व नष्ट नहुने गरी सुरक्षितरुपमा भण्डारण गरेर लामाे समय ताजा राख्न स‌ंभव हुन्छ । साइलेज प्रविधिमा हावा नछिर्ने गरी घाँसपातलाई बाेरामा, ड्रममा, खाल्डाे खनेर(पिट) वा साइलाे(आधुनिक भकारी) मा गुन्द्रुक खाँदे झै‌ं खाँदेर भण्डारण गरेर राखिन्छ । बाहिरबाट हावा नछिर्ने हुँदा घाँसपातकाे नमी लामाे समयमै कायमै रहन्छ र घाँस हरियै रहन्छ।

साइलेज तयार पार्ने परम्परागत विधि

नेपालमा पनि मासु,छाला, दूग्ध र दूग्धजन्य पदार्थका लागी व्यवसायीक पशुपालन बढ्दै जाँदा बेमाैसममा पनि हरियाे घाँसपातकाे माग हुन थालेकाे छ । यही आवश्यकलाई मध्यनजर गर्दै केही उद्यमीले सीमित मात्रामा भएपनि साइलेज प्रविधिबाट घाँसपात भण्डारण शुरु गरेका छन् । ठूलाे परिमाणमा घाँसपात भण्डारण गर्दा धेरै लगानी लाग्ने र भण्डारणकै क्रममा तापीय उर्जाका कारण घाँसपातमा आगलागी भएर नष्ट हुनसक्ने वा भण्डारण गरिएकाे घाँस बिग्रन सक्ने जाेखिम पनि उत्तिक्कै हुन्छ।

आधुनिक विधिबाट साइलेज तयार पार्नका लागी घाँसलाई बेरिंदै

साइलेजकाे क्रममा आइपर्ने जाेखिम बहन गर्ने उद्देश्यले नेपालमा शिखर इन्स्योरेन्स कम्पनीले पहिलो पटक साईलेज बीमा योजना समेत प्रचलनमा ल्याएकाे छ। कम्पनीका अनुसार याे बीमाले साइलेज बनाउन मिल्ने बाली उत्पादन  र उत्पादित बालीबाट तयार पारिएकाे साईलेजको भण्डारणका क्रममा हुन सक्ने जाेखिमवापत क्षतिपूर्ती उपलब्ध गराउँछ।

शिखर इन्स्याेरेन्सका कम्पनीका रिसर्च एण्ड डेभलपमेन्ट विभागका प्रमुख उदित प्रसाद काफ्लेका अनुसार व्यवसायीक घाँस उत्पादनलाई प्राेत्साहन गर्ने उद्देश्यले स्थानीय किसानकाे आवश्यक्ताकाे अध्ययनकाे आधारमा याे बीमा प्रचलनमा ल्याइएकाे हाे ।

सरकारले प्रशोधित घाँसको व्यवसायीक उत्पादन र निर्यातका लागि बाटो खुला गरे पनि व्यवसायीक उत्पादनलाई प्रोत्साहन नमिल्दा घाँस उत्पादकले भने निर्यातका लागी प्रयाप्त घाँस उत्पादन हुन सकेको छैन । साइलेज बीमा सुविधाले घाँस उत्पादन, सुरक्षित भण्डारणसँगै निर्यातकाे बाटाे समेत खुल्ला गर्ने अपेक्षा गरिएकाे छ ।

पशु आहारा (दाना)काे तुलनामा सस्ताे भएकाले साइलेजकाे व्यापकताले पशुपालनकाे लागत कटाैती गर्न र बेमाैसममा पनि उत्पादकत्व कायमै राख्न ठूलाे सहयाेग पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS