IME Life New

प्रवासी श्रमिकबाट सामाजिक सुरक्षा काेषले ४ महिनामै उठायाे रू‍. ४६ कराेडभन्दा बढी रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । सामाजिक सुरक्षा काेष अन्तर्गत वैदेशिक राेजगारमा गएकामध्ये २ लाख ५९ हजार नेपाली श्रमिक आबद्ध भएका छन् । सरकारले काेषमा वैदेशिक राेजगारी जाने  वैदेशिक श्रमिकले अनिवार्यरुपमा काेषमा आवद्ध हुनुपर्ने प्रावधान लागू गरेपछि छाेटाे अवधिमै याे स‌ंख्या देखा परेकाे हाे ।

काेषले श्रम स्वीकृत लिँदा कोषबाट सूचीकरण नम्बर अनिवार्य रूपमा लिनुपर्ने प्रावधान ८ चैत्र २०७९ देखि लागू गरेकाे हाे । काेषका अनुसार साउन १७ गतेसम्ममा वैदेशिक राेजगारमा रहेका नेपाली श्रमिकबाट ४६ कराेड ४६ लाख रुपैयाँ याेगदान काेषमा स‌ंकलन गरिएकाे छ। याेमध्ये सर्वाधिक ३० कराेड ३३ लाख २४ हजार रूपैयाँ वृद्ध अवस्था सुरक्षा याेजना अन्तर्गत संकलन भएकाे छ।

Esewa
Crest

वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेका श्रमिकले कम्तीमा आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम अर्थात् न्यूनतम मासिकरुपमा दुई हजार रुपैयाँ  र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुने विकल्प दिइएकाे छ।

सरकारले श्रमिकको आधारभूत पारिश्रमिक मासिक  नौ हजार तीन सय ८५  रुपैयाँ र महँगी भत्ता मासिक पाँच हजार ६ सय १५ गरी मासिक न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ तोकेको छ। याेगदानबाट स‌ंकलित रकममध्ये २१.३३ प्रतिशत रकममध्येबाट ७.४८ प्रतिशत रकम दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुविधा योजनाका लागी विनियाेजन गरिएकाे छ। यसैगरी १३.८५ प्रतिशत रकम निवृत्तिभरण सुविधाका लागि छुट्याइएको छ।

कोषमा योगदान गर्ने वैदेशिक क्षेत्रमा रहेका श्रमिकले दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र अवकाश एवं वृद्धावस्था सुरक्षा योजनाबाट विभिन्न सुविधा प्राप्त गर्छन्। वैदेशिक रोजगारीमा रहेका श्रमिकले दुर्घटना उपचार खर्चवापत वार्षिक एक लाख रुपैयाँ, अशक्त अपाङता भएमा मासिक ६० प्रतिशत पेन्सन निवृत्तीभरण, काजकिरिया खर्च २५ हजार रुपैयाँ, आश्रित श्रीमान्/श्रीमतीले ४० प्रतिशत आजीवन पेन्शन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS