IME Life New

नयाँ बीमालेख तयार नभएसम्मका लागी पशुधन बीमामा सबै प्रजातीका पशुधन समेटिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । बीमा नियामक नेपाल बीमा प्राधिकरणले पशुधन बीमा अन्तर्गत विभिन्न प्रजातिका बीमा समेट्न निर्जीवन बीमक निर्देशन दिएको छ ।

प्राधिकरणले पशुधन बीमालेख अन्तर्गत साबिककै व्यवस्था अनुसार सुंगुर, बंगुर, खच्चड तथा पशुश्रमका लागि प्रयोग गरिने प्रजातिकाे बीमा जाेखिम बहन हुने गरी बीमालेख नविकरण गर्न निर्देशन दिएकाे हाे । प्राधिकरणले साउन १ गतेदेखि जारी गरेकाे पशुधन बीमालेखमा यी प्रजातीका पशु समेटिएको छैन । यी प्रजातिकाे पशुधनका लागि छुट्टै बीमालेख जारी नभएसम्मका लागी हाल प्रचलनमा रहेकाे पशुधन बीमालेख अन्तर्गत नै जाेखिम समावेश हुने गरी बीमा गर्न प्राधिकरणले निर्देशन दिएकाे हाे ।।

Esewa
Crest

पशुधनमा अग्नी, हावा, पानी, भूमी, चट्याङ्, रोग र आकस्मिक तथा दुर्घटनालगायतका बाह्य कारणबाट हुने क्षतिविरूद्ध पशुपालक किसान र व्यवसायीलाई पशुधन बीमालेखले आर्थिक सुरक्षा प्रदान गर्छ । याे बीमालेखमा कुनै पनि दुर्घटनाको कारणले किसानकाे मृत्यु भएमा, मेरुदण्डमा गम्भीर चाेटका कारण निकाे नै नहुने भएमा, कुनै एउटा हात,खुट्टा पुरै काम नलाग्ने भएमा वा दुईवटै आँखाको दृष्टी गुमेमा बीमित २ लाख रुपैयाँ क्षतिपूर्ती समेत बीमकले उपलब्ध गराउनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS