Connect IPS
IME Life

हिमालयन एभरेष्ट इन्स्याेरेन्सलाई समावेशिता र नवप्रवर्तनका लागी अन्तर्राष्ट्रिय सम्मान्

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडाै‌ं । इन्स्याेरेन्स एशिया सिंगापुरबाट दुई फरक विधामा सम्मानित भएपछि हिमालयन एभरेष्ट इन्स्याेरेन्सले उत्सव मनाएकाे छ। हाेटल हिमालयमा आयाेजित कार्यक्रममा कम्पनीले सराेकारवालाहरुबीच खुशियाली साट्दै उत्सव मनाएकाे हाे ।

बीमामा समावेशिताका लागी इन्क्लुजन इनिसिएटिभ अफ द इयर नेपाल र बीमा याेजनामा नवप्रवर्तनका लागी न्यू इन्स्याेरेन्स प्रडक्ट अफ द इयर नेपाल विधामा इन्स्याेरेन्स एशियाले हिमालयन एभरेष्टलाई सम्मान गरेकाे हाे । पिडब्लुसी हङकङ, इएमएसटी एण्ड याेङ, केपिएमजी सिंगापुर र डेलाेयट सम्मिलित निर्णायक मण्डलीले कम्पनीलाई याे सम्मानका लागी चयन गरेकाे थियाे ।

Prabhu
Crest

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र बीमककाे सञ्चालक समिति अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले स‌ंयुक्तरूपमा सम्मानकाे प्रतीक सार्वजनिक गरेका छन् । कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष सिलवालले अन्तर्राष्ट्रिय सम्मानले नेपालकाे बीमा क्षेत्रकाे गरिमा अझ बढ्ने भन्दै खुशी व्यक्त गरे ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले अन्तर्राष्ट्रिय सम्मानले नेपालकाे बीमा क्षेत्रलाई थप उचाइँमा पुर्‍याएकाेमा भन्दै सम्मानले अझ उत्कृष्ट सेवा प्रदान गर्न उर्जा मिलेकाे बताए ।

बीमा व्यवसायलाई समय सापेक्ष प्रविधि मैत्री, आधुनिक र व्यवसायीक बनाउँदै लैजाने हिमालयन एभरेष्ट इन्स्याेरेन्सकाे प्रयासलाई अझ प्राेत्साहन मिलेकाे कम्पनीले प्रेस विज्ञप्तीमा उल्लेख गरेकाे छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS