IME Life New

सीमान्तकृत समुदायकाे लागी लघु बीमा साँच्चिनै वरदान हुन सक्छ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । सीमान्तकृत र विपन्न वर्गसम्म बीमाकाे विस्तार हुन नसकेकाे निष्कर्ष सहित सरकार र बीमा नियामकले लघु बीमा कम्पनीकाे अवधारणा अघि सारेकाे छ । लघु बीमा कम्पनीकाे अवधारणा नेपालकाे लागी मात्र नभएर दक्षिण एशियाली मुलुकमै पहिलाे र नाैलाे हाे ।

अन्य बीमा व्यवसायकाे इजाजत लिएका बीमककाे मार्फत् नै सीमान्तकृत वर्ग लक्षित विशेष बीमा याेजना र कार्यक्रमकाे प्रवर्द्धन अभ्यासमा रहे पनि लघु बीमाकै लागी बीमा कम्पनीकाे स्थापना दक्षिण एशियाली मुलुककाे सन्दर्भमा नाैलाे हाे ।

Esewa
Crest

लघु बीमा एक प्रकारको बीमा हो जुन न्यून आय भएका व्यक्ति, परिवार र समाजका लागी लक्षित गरेर तयार पारिएकाे हुन्छ। यसले सामान्यतया परम्परागत बीमाकाे तुलनामा तुलनात्मकरूपमा एकदमै न्यून बीमाशुल्क वापत परम्परागत बीमा याेजनाहरूभन्दा सरल शर्तहरूका आधारमा आर्थिक सुरक्षा प्रदान गर्छ।

लघु बीमाले न्यून बीमा भएका समुदायका मानिसलाई जीवनमा कुनै पनि बेला आइपर्न सक्ने जोखिमहरु बहन गरेर बीमित र आश्रित परिवारलाई आर्थिकरुपमा भरथेग गरेर मद्दत गरिदिन्छ।

स्वास्थ्यः

बिरामी पर्दाकाे अवस्थामा चिकित्सककाे सेवा शुल्क, अस्पताल भर्ना, र औषधि किनमेल जस्ता खर्च व्यहाेर्ने सुरक्षा प्रदान गर्छ ।

जीविकोपार्जन:

लघु बीमाले राेगव्याधी, दुर्घटना वा मृत्यु भएकाे अवस्थामा आश्रित परिवारलाई वित्तीय सुरक्षा प्रदान गर्छ। घरकाे आम्दानी गर्ने सदस्यकाे शारीरिक अशक्तता वा कुनै कारणवश मृत्यु भएकाे अवस्थामा जीविकाेपार्जनका लागी आम्दानी गरिदिने काेही तत्काल नभएकाे अवस्थामा बीमा दाबीवापत प्राप्त हुने रकमले आश्रित परिवारजनकाे उद्धार गर्न ठूलाे मद्दत पुग्छ।

सम्पत्ति:

लघु बीमाले घर, वा उद्याेग व्यापार जस्ता सम्पत्तिमा भूकम्प, आगलागी,डाँकाजनी, चाेरी, ताेडफाेडका कारण क्षति भएकाे अवस्थामा क्षति भएकाे सम्पत्तीकाे रकम बराबरकाे नगद क्षतिपूर्तीवापत उपलब्ध गराउँछ। वा पुरानै अवस्थामा फर्काउनका लागी आवश्यक पर्ने पूर्वाधार तयार पार्ने प्रबन्ध मिलाउँछ।

बालीहरू:

लघू बीमाले खडेरी, कीरा फट्या‌ङ्ग्रा, बाढी पहिराे, जलवायू परिवर्तन वा प्राकृतिक प्रकोपका कारण बालीनालीमा हुने संभावित नाेक्सानीकाे विरूद्धमा आर्थिक सुरक्षा प्रदान गर्ने सुनिश्चितता दिन्छ। नाेक्सानी भएकाे अवस्थामा बीमित किसानले निश्चित प्रकृया पुरा गरेर सहजै क्षतिपूर्ती दाबी प्राप्त गर्न सक्छन् । नेपालमा मुख्य खाद्यान्न बालीका साथै माछापालन,कुखुरापालन,पशुपालनकाे लागी बीमा सुविधा उपलब्ध रहेकाे छ।

लघु बीमाकाे सेवा नेपालमा लघु जीवन बीमा र लघु निर्जीवन बीमा कम्पनीहरूकाे साथै लघुवित्त संस्थाहरू र ठूला बीमा कम्पनीले समेत प्रदान गरिरहेका छन् । यी कम्पनीहरूले ग्राहककाे आवश्यक्ता र स‌ंभावित जाेखिमकाे आधारमा तयार पारिएका बीमालेखहरुकाे माध्यमबाट आर्थिक जाेखिम बहन गर्ने प्रत्याभूती गरेका हुन्छन् ।

लघु बीमाका केही फाइदाहरू निम्न छन्:

यसले न्यून आय भएका मानिसलाई आर्थिक नोक्सानबाट जोगाउन मद्दत गर्न सक्छ। यसले बचत र वित्तीय सुरक्षा निर्माण गर्न मद्दत गर्न सक्छ। यसले स्वास्थ्य सेवा र शिक्षा जस्ता आवश्यक सेवामा पहुँच बिस्तार गर्न मद्दत गर्न सक्छ। यसले गरिबीकाे भार बढ्ने जोखिम कम गर्न मद्दत गर्न सक्छ। साथै सरकारले बाढी पहिराे, प्राकृतिक प्रकाेप,राेगव्याधीबाट जनधनमा हुने क्षतिकाे क्षतिपूर्ती गर्दा व्यहाेर्नुपर्ने आर्थिक भारलाई समेत लघु बीमाले न्यूनीकरण गर्न मद्दत पुऽयाउँछ।

लघु बीमा पर्याप्त स‌ंभावना भएकाे क्षेत्र हो । न्यून आय भएका परिवारलाई मद्दत गर्न यसकाे धेरै भूमीका छन् । तर यसका पछाडी केही चुनाैती समेत छन् । जसलाई सम्बोधन गर्न सकेकाे अवस्थामा वास्तवमै विपन्न वर्गकाे उद्धार गर्न सम्भव हुनेछ।

चेतनाको अभाव:

अति विपन्न र न्यून आय भएका समुदायमा बीमाकाे अनुभव र लाभ लिने अवसर पनि सीमित हुन्छ।  अर्काे तर्फ याे वर्गबाट बीमा कम्पनीहरुले खासै राम्राे बीमाशुल्क आम्दानीकाे अपेक्षा पनि गरेका हुँदैनन् । जसकाे फलस्वरुप उनीहरुलाई बीमा के हाे र याे किन आवश्यक छ भन्ने बुझाउने प्रयास न्यून हुन्छ। बीमाकाे बारेमा जानकारी नहुँदा उनीहरु यसकाे लाभबारे सचेत हुने अवसर नै पाएका हुँदैन ।

उच्च बीमाशुल्क दर

लघुबीमाको बीमाशुल्क निश्चित वर्गका लागी उनीहरुकाे बचत क्षमता वा क्रय क्षमताकाे तुलनामा अझै पनि धेरै हुनसक्छ। जुन परिवारमा बिहान खाए बेलुका के खाने भन्ने चिन्ता गर्नुपर्ने अवस्था हुन्छ, त्यस्ताे वर्गले बीमा गर्नु त पर काे कुरा हाे, बीमाबारे साेच्नै पनि मुश्किल हुनसक्छ । यस्ताे अति विपन्न परिवारका लागी सरकारले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत निःशुल्क बीमा गरिदिएर वा बीमाशुल्कमा अनुदान दिएर बीमाकाे दायरामा समेट्नुपर्छ।

सीमित उपलब्धता:

लघु बीमा सबै देशमा उपलब्ध छैन, र उपलब्ध भएका देशमा पनि सबैका लागि उपलब्ध नहुन सक्छ। यी चुनौतिको बावजुद, लघु बीमाले न्यून आय भएका वर्गकाे जीवनमा महत्त्वपूर्ण प्रभाव पार्ने सम्भावना छ। यसले उनीहरूलाई आर्थिक नाेक्सानीबाट जोगाउन, बचत बढाउन र आवश्यक सेवामा पहुँच स्थापित गर्न मद्दत गर्न सक्छ। लघुबीमा बढ्दै गएको अवस्थामा यसले विश्वभर गरिबी र जोखिम न्यूनीकरणमा बढ्दो महत्त्वपूर्ण भूमिका खेल्ने सम्भावना छ।

नेपालमा बीमा प्राधिकरणले ४ निर्जीवन र ३ जीवन बीमा कम्पनी सहित ७ वटा लघु बीमा कम्पनी सञ्चालनकाे स्वीकृति दिइरहेकाे छ । याे मध्ये दुई वटा जीवन र दुई वटा निर्जीवन लघु बीमा कम्पनी सञ्चालनमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS