IME Life New

भारतीय बीमक कोटक जनरलको बहुमत शेयर खरिद गर्न अमेरिकी बीमक चब इच्छुक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी बीमा कम्पनी चबले भारतको कोटक जनरल इन्स्योरेन्समा ४९ प्रतिशत शेयर स्वामित्व खरिद गर्न वार्ता गरिरहेको छ ।कोटक जनरलका लागी जुरिच इन्स्योरेन्स समूह पनि शेयर खरिदका लागी मोलतोल गरिरहेका बेला चबले राम्रो रकम प्रस्ताव गरेको हो ।

भारतको कोटक महिन्द्रा बैंकले ज्युरिचको तुलनामा चुबलाई हस्तान्तरण गर्न चाहेको बुझिएको छ । कोटकसँगको सम्झौताले २००७ मा एचडीएफसी जनरल इन्स्योरेन्ससँगको सम्झौता समाप्त असफल भएपछि चबद्वारा भारतीय बजारमा प्रवेश गर्ने नयाँ प्रयासलाई सार्थकता प्रदान गर्नेछ।

Esewa
Crest

ज्युरिचले ४५ प्रतिशत वा ५१ प्रतिशतको शेयर स्वामित्वको बारेमा छलफल गरिरहेको छ । बहुसंख्यक हिस्सेदारीले कम्पनीको मूल्य लगभग ८० करोड अमेरिकी डलरमा पर्ने सम्भावना रहेको भारतीय सञ्चारगृहले उल्लेख गरेका छन् ।

रोयटर्सका अनुसार कोटक, भारतको सानो निर्जीवन बीमक मध्ये एक हो । ठूलो सम्भावना भएको बजारमा छिटो वृद्धि हासिल गर्नको लागी कोटकले साझोदार भित्र्याउन खोजी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS