Connect IPS
IME Life

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको भव्य उद्घाटन, दुरदराजका गाउँसम्म सहज सेवा पुर्याउने सिइओको प्रतिबद्धता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट लघुबीमा संचालनका लागि स्वीकृती पाएको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको कार्यालय आज साउन ११ गते उद्घाटन भएको छ । कम्पनीको उद्घाटन नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरेका हुन् ।

सुदुरश्चिम प्रदेशको धनगढीमा केन्द्रीय कार्यालय रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आज एक कार्यक्रमको आयोजना गरी कार्यालय उद्घाटन गरेको हो । यस कम्पनीलाई नेपाल बीमा प्राधिकरणले अन्य सम्पत्ती बीमा पोलिसी स्वीकृती दिएको छ । यसमा घर बाहेकका सम्पत्तीको मात्रै पोलिसी बिक्री गर्न पाइनेछ ।

Prabhu
Crest

कार्यक्रममा प्राधिकरणमा कार्यकारी निर्देशक राजुरमण पौडेलले गाउँगाउँमा गएर सिमान्तकृत वर्गसम्म बीमा सेवा पुर्याउन जोड दिनुपर्ने बताए । उनले भने बीमा क्षेत्रमा भएका कमर्सियल कम्पनीहरु तल्लो तहसम्म जान नसकेको हुनाले दुर्गम ठाउँमा गएर न्युन आए भएका व्यक्तिहरुको सम्पत्तीको सुरक्षा गर्नका लागि माइक्रो इन्स्योरेन्सले टेवा पुर्याउने अपेक्षा छ ।

कम्पनीका सिइओ रोक्काले कार्यक्रममा आफ्नो सेवा न्युन आय र न्युन बचत भएका दुरदराजका गाउँसम्म सहज रुपमा पुर्याउने सेवा बताएका छन् । उनले भने न्युन आय र न्युन बचत भएको ग्रामीण भेगसम्म आफ्ना शाखा तथा प्रविधि मार्फत बीमा सेवा पुर्याउने उद्देश्यले लघुबमिा कम्पनीको स्थापना भएको हो । हामी सोही अनुसार काम गर्ने छौं ।

उनले भने बीमा प्राधिकरणले उपलब्ध गराएको पोलिसीको फरम्याट अन्तर्गत यहाँका सर्वसाधारणहरुको सम्पत्ती जस्तै, मोटरसाइकल, अटो रिक्सा, टेम्पो, ट्रायक्टर, लगायत पशु बीमा बाली बीमा र ५० लाख सम्मको सम्पत्ती बीमा, इन्जिनियरिङ बीमा सेवा प्रदान गर्नेछौं ।

सिइओ रोक्काका अनुसार सुदूर पश्चिम प्रदेशका विभिन्न विकट ९ जिल्ला लगायत नेपालभरी शाखा संजाल विस्तार गरी उपलब्ध अत्याधुनिक प्रविधिको उच्च प्रयोग मार्फत सरल, सहज र प्रभावकारी लघु बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको छ ।

त्यस्तै, अन्य कम्पनीबाट बीमा सेवा लिन नसकेका न्यून आय भएका दुर्गम स्थानका सिमान्तीकृत वर्गसम्म सानो सानो रकमको बीमा गराई प्रभावकारी रुपमा लघु निर्जीवन बीमा सेवा प्रदान गर्ने सिइओले जनाएका छन् ।

यस कम्पनी निर्जीवन लघु बीमा क्षेत्रमा दोस्रो लघुबीमा कम्पनीको रुपमा स्थापीत भएको हो । यस अघि नेपाल माइक्रो इन्स्योरेन्सले बागमति प्रदेशको चितवन जिल्लामा कार्यालय उद्घाटन गरी निर्जीवन लघु बीमा सेवा प्रदान गर्दै आइरहेको छ । यससँगै ४ लघुबीमा कम्पनी संचालनमा आएका हुन् । जसमध्ये दुई लाइफ हुन् भने दुई ननलाइफ हुन् । यस बाहेक तीन लघु बीमाले कारोबार शुभारम्भ गर्ने तयारीमा जुटिरहेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

0%

अचम्मित

40%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS