IME Life New

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको भोलि उद्घाटन हुँदै, प्राधिकरणबाट अन्य सम्पत्ती बीमा पोलिसी स्वीकृती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले भोलि साउन ११ गते उद्घाटन गर्ने भएको छ । कम्पनीको उद्घाटन नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गर्ने भएका हुन् । प्राधिकरणले यस कम्पनीलाई अन्य सम्पत्ती बीमा पोलिसी स्वीकृती दिएको छ ।

सुदुरश्चिम प्रदेशको धनगढीमा केन्द्रीय कार्यालय रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले भोलि एक कार्यक्रमको आयोजना गरी कार्यालय उद्घाटन गर्ने भएको हो । कम्पनी सञ्चालक समितिको अध्यक्षमा कृतिका अग्रवाल रहेका छन् भने कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नरेश कुमार रोक्का रहेका छन् ।

Esewa
Crest

कृषि बिकास बैंकबाट ३० वर्षको बैंकिङ अनुभव बटुलेका रोक्का प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको व्यवस्थापकीय नेतृत्वमा आएका हुन् । सिइओका अनुसार सुदूर पश्चिम प्रदेशका विभिन्न विकट ९ जिल्ला लगायत नेपालभरी शाखा संजाल विस्तार गरी उपलब्ध अत्याधुनिक प्रविधिको उच्च प्रयोग मार्फत सरल, सहज र प्रभावकारी लघु बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको छ ।

त्यस्तै, अन्य कम्पनीबाट बीमा सेवा लिन नसकेका न्यून आय भएका दुर्गम स्थानका सिमान्तीकृत वर्गसम्म सानो सानो रकमको बीमा गराई प्रभावकारी रुपमा लघु निर्जीवन बीमा सेवा प्रदान गर्ने सिइओले जनाएका छन् ।

यस कम्पनी निर्जीवन लघु बीमा क्षेत्रमा दोस्रो लघुबीमा कम्पनीको रुपमा स्थापीत भएको हो । यस अघि नेपाल माइक्रो इन्स्योरेन्सले बागमति प्रदेशको चितवन जिल्लामा कार्यालय उद्घाटन गरी निर्जीवन लघु बीमा सेवा प्रदान गर्दै आइरहेको छ । यससँगै ४ लघुबीमा कम्पनी संचालनमा आएका हुन् । जसमध्ये दुई लाइफ हुन् भने दुई ननलाइफ हुन् । यस बाहेक तीन लघु बीमाले कारोबार शुभारम्भ गर्ने तयारीमा रहेका छन् ।

कम्पनीमा २४ व्यक्ति तथा संस्थाको संस्थापक शेयर ५० हजार कित्ता बढी छ। मेट्रो क्यापिटल प्राइभेट लिमिटेडको सबैभन्दा धेरै यो कम्पनीमा शेयर छ। कम्पनीमा यो क्यापिटलको ११ लाख १४ हजार ५०० कित्ता शेयर रहेको छ। मेट्रोमा मृदुला सरिया संचालक छिन्।

त्यस्तै रुद्र फिनक्रपको ११ लाख कित्ता, केएल दुगड समूहका प्रबन्ध निर्देशक कुमुदकुमार दुगडको ३ लाख ५० हजार कित्ता, केआरएस इन्भेष्टमेन्टको ३ लाख ५० हजार कित्ता, श्रद्धा अग्रवालको २ लाख ३७ हजार ५०० कित्ता, संगीतादेवी मोरको २ लाख ८ हजार ५०० कित्ता संस्थापक शेयर छ।

कम्पनीमा अनुपम राठीको संस्थापक शेयर १ लाख ७५ हजार, कल्याणी इन्भेष्टमेन्ट प्रालिको १ लाख ६८ हजार, सुमन मोर र बिना मोरको १ लाख ५२ हजार कित्ता संस्थापक सेयर छ। यस्तै राजेश हार्डवेयर, एक्सपर्ट हाउजिङ, अम्बे समूहका अध्यक्ष शोभाकर न्यौपाने र आरएमसी कन्ट्रक्सनको शेयर स्वामित्व १/१ लाख कित्ता छ।

त्यसैगरी इक्विटी हाउजिङ एण्ड इन्भेष्टमेन्टको ६२ हजार ५०० कित्ता, शिवम् सिमेन्टका संस्थापक अध्यक्ष विश्वनाथ गोयल, बालाजी मार्बल, महेशकुमार अग्रवाल, आशिषकुमार गोयल, ग्रीन अर्थ इन्भेष्टमेन्ट, गौरव गोयल, मिनोल्टा इन्भेष्टमेन्ट, विजयसिंह वैद्य र जीवनकुमार अग्रवालको ५०/५० हजार कित्ता संस्थापक शेयर यो कम्पनीमा छ।

ग्रीन अर्थको संचालकमा सविता कुमारी, सतिशकुमार मोर, राजकुमार मोर र श्रवणकुमार मोर छन्। सतिश नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

40%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS