IME Life New

६५ जनाले सर्भेयर इजाजत पत्र नविकरण नै गराएनन्, के बाँकीले पर्याप्त काम पाउँलान् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र जारी गरिएका मध्ये ६५ जना सर्वेक्षक(सर्भेयर) पेशाबाट बाहिरिएका छन् । प्राधिकरणले इजाजत पत्र नविकरणका लागी असार मसान्त सम्मकाे समय सीमा दिएकाेमा कूल १२१० मध्ये मध्ये ६५ सर्वेक्षकले इजाजत पत्र नै नविकरण गराएनन् ।

प्राधिकरणका अनुसार चालू आर्थिक वर्षदेखि लागू हुने गरी ३ वर्ष अवधिका लागी कूल ११४५ जना सर्वेक्षकले इजाजत पत्र नविकरण गराएका छन् । प्राधिकरणका अधिकारीहरुले आ‌ंशिकरूपमा सर्वेक्षककाे पेशा राेजेका वा नियमित पेशामै पूर्ण समर्पित हुनुपर्ने बाध्यताका कारण इजाजत पत्र नविकरणमा आकर्षण नभएकाे हुनसक्ने प्रतिकृया दिएका छन् ।

Esewa
Crest

निर्जीवन बीमाकाे क्षेत्रमा कूल २० वटा निर्जीवन बीमक रहेकाेमा गाभ्ने/ गाभिने प्रकृयासँगै १४ वटामा सीमित हुन पुगेका छन् । बीमा कम्पनीकाे संख्या खुम्चिने र सर्वेक्षककाे संख्या थपिने क्रम सँगसँगै जसाे भएकाले पनि सबै इजाजत प्राप्त सर्वेक्षकले पर्याप्त काम पाउन सकेका छैनन् । यसबाहेक सर्वेक्षककाे इजाजत पत्र नविकरण दस्तुर पनि महँगिए पछि इजाजत पत्र नविकरण गराउन आकर्षण घटेकाे हुन सक्ने अनुमान गरिएकाे छ।

निर्जीवन बीमा कम्पनी वा पुनर्बीमा कम्पनीमा बीमित वा बीमा कम्पनीद्वारा गरिने दाबीकाे सम्बन्धमा प्राविधिक र आर्थिक पक्ष समेत केलाएर स्वतन्त्र राय पेश गर्ने कर्तव्य बीमा सर्वेक्षककाे हुन्छ।

नेपालमा बीमा कम्पनीकाे कामकाे चापकाे तुलनामा सर्वेक्षककाे स‌ंख्या न्यून भएकाे गुनासाे आएपछि नियामक बीमा प्राधिकरणले लामाे समयपछि सर्वेक्षककाे इजाजत पत्र वितरणका लागी परिक्षा सञ्चालन गरेकाे थियाे । ५ वर्ष लामाे अन्तराल पछि प्राधिकरणले २०७८ भदाैमा आवेदन मागेर १ हजार भन्दा बढी सर्वेक्षकलाई प्रशिक्षण दिएकाे थियाे ।

प्राधिकरणले नयाँ इजाजत पत्र वितरण खुलाउनु अघि दर्ता नविकरण गराएका सर्वेक्षककाे स‌ंख्या जम्मा ३८५ रहेकाे थियाे । सीमित सर्वेक्षककाे भरमा बीमा दाबीसम्बन्धमा सर्वेक्षण र अनुसन्धान गर्नुपर्दा अनावश्यक ढिलाई भएकाे र समयमै दाबी नपाउँने  बीमितलाई सास्ती भएकाे गुनासाेसँगै प्राधिकरणले नयाँ इजाजत पत्र वितरण गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS