IME Life New

राष्ट्रिय बीमा कम्पनीमा कर्मचारी संघकाे आन्दाेलन दाेश्राे चरणमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं। राष्ट्रिय बीमा कम्पनीका आन्दाेलनरत कर्मचारीले आन्दाेलनलाई निरन्तरता दि‌ंदै दाेश्राे चरणकाे आन्दाेलन शुरु गरेका छन् । कर्मचारी स‌ंगठनले अघि सारेकाे माग प्रति कम्पनीकाे व्यवस्थापनले बेवास्ता गरेकाे भन्दै आन्दाेलनकाे कार्यक्रमलाई निरन्तरता दिएकाे हाे ।

दाेश्राे चरणकाे कार्यक्रम अन्तर्गत प्रथम चरणका कार्यक्रमलाई निरन्तरता दिने, विराेधस्वरूप कालाेपट्टी बाँध्ने र प्रमुख कार्यकारी अधिकृतकाे कार्यकक्षमा धर्ना दिने घाेषणा गरेका छन् ।

Esewa
Crest

२०७९ असाेज ४ गते माग पत्र पेश गरेकाेमा  माग पुरा नभएपछि २०७९ कात्तिक २८ गते २१ दिने अल्टिमेटम दिएकाे थियाे । कर्मचारी युनियनकाे स‌ंयुक्त माग पत्रकाे सम्बन्धमा सञ्चालक समितिकाे २०७९ मंसिर १८ गतेकाे निर्णय अनुसार गठित उपसमितिले सिफारिश गरेकाे सुझाव २०८० साउन १ गतेबाट पूर्ण कार्यान्वयनमा ल्याउने सहमति भएपनि कार्यान्वयनमा व्यवस्थापनले चासाे नराखेकाे भन्दै कर्मचारीले असन्तुष्टी जनाएका छन् ।

कर्मचारी यूनियनकाे आन्दाेलन शुरु भएयता प्रमुख कार्यकारी अधिकृत शेखर बराल कार्यकक्षमा समेत प्रवेश गरेका छैनन् । बरालले आन्दाेलन प्रारम्भ भएकाे दुई दिनसम्म कार्यालयमा उपस्थित भएपनि कार्यकक्षमा प्रवेश गर्न सहज नभएपछि फर्किन बाध्य भएका थिए । कर्मचारी यूनियनले प्रमुख कार्यकारीलाई कार्यकक्षमा प्रवेश गर्न नदिने कुनै कार्यक्रम नरहेकाे बताएकाे छ।

प्रमुख कार्यकारी अधिकृत बरालले कार्यालयमा प्रवेश गर्ने वातावरण नै नभएकाले कर्मचारीकाे माग सम्बाेधन गर्न नसकेकाे प्रतिकृया दिएका छन् । उनले भने, कर्मचारी यूनियनले सिइओलाई मात्र कार्यकक्ष प्रवेश गर्न नदिएर आन्दाेलन जारी राख्दासम्म माग सम्बाेधन गर्न सहज छैन । कार्यालयमा काम गर्न पाए मात्र मैले सञ्चालक समितिकाे बैठक बाेलाउन र यूनियनकाे माग सम्बन्धमा ध्यानाकर्षण गराउन स‌ंभव हुनेछ।

नेपाल वित्तीय स‌ंस्था कर्मचारी संघ र राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघकाे इकाईले संयुक्तरूपमा असार ३१ गतेदेखि चरणबद्ध आन्दाेलन शुरु गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

64%
happy

खुसी

0%
sad

दु :खी

9%
amazed

अचम्मित

0%
excited

उत्साहित

27%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS