IME Life New

इन्स्योरेन्स खवरका भण्डारी पूँजी बजार फोरमको कार्यसमिति सदस्यमा चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य शैलेन्द्र गुरागाईको सभापतित्वमा गठन भएको पूँजी बजार फोरम विस्तार भएको छ । विस्तारित समितिमा इन्स्योरेन्स खवर डट कमका अध्यक्ष/ प्रकाशक केशव प्रसाद भण्डारी आमन्त्रित सदश्यमा चयन भएका छन् । भण्डारी सहित ७ जनालाई आमन्त्रित सदस्य बनाइएको छ । त्यस्तै दुई जनालाई सल्लाहकारमा चयन गरिएको छ ।

Esewa
Crest

कार्यसमितिमा सभापति गुरागाई रहेका छन् भने उपसभापतिमा धर्मराज सापकोटा र विजयलाल श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सागर ढकाल, रमेश कुवर, भरत बहादुर खत्री, तुल्सीराम ढकाल, घनश्याम पौडेल, सन्तोष पौडेल, भिष्म राज चालिसे, सृजना सुवेदी, प्रकाश भुसाल, सन्तोष राज नेपाल, केशव प्रसाद भण्डारी, सरीता विष्ट रहेका छन् भने सल्लाहकारमा डा. आत्मराम घिमिरे र भरत रानाभाट रहेका छन् ।

पूँजी बजारको विकास र विस्तारका लागि क्रियाशिल भइ काम गर्ने, पूँजी बजारलाई नियमन गर्ने ऐन नियमको प्रभावकारी कार्यान्वयन र ऐन नियमलाई समय सापेक्ष सुधार गर्न सुझाव तयार गर्ने प्रमुख कार्यक्षेत्रका साथ महासंघमा पूँजी बजार फोरम गठन गरिएको हो । महासंघका अध्यक्ष चन्द्र ढकालले समितिमा चुनिएका उद्यमी व्यवसायीहरूलाई औपचारिक पत्र हस्तान्तरण गरेका छन् । कार्यक्रममा महासङ्घका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र विभिन्न फोरम समितिका सभापति सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS