IME Life New

प्राधिकरणका अध्यक्ष सहित ‍२५ जना मनि लाउन्ड्रिङ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुँदै, नेपालले जवाफ दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल सहित नेपालबाट २५ जनाले एशिया प्यासिफिक ग्रुप अन मनि लाउन्ड्रिङ ‘एपिजी’को वार्षिक सम्मेलनमा सहभागिता जनाउने भएका छन् । नेपालबाट राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेतृत्व गर्नेछन् । सम्मेलनमा प्राधिकरणबाट भने अध्यक्ष सिलवाल सहित उप निर्देशक हृदयश्वर पण्डितले सहभागिता जनाउने छन् ।

एपिजीको वार्षिक सम्मेलनमा नेपाल सहित यसमा संलग्न राष्ट्रहरुको मनि लाउन्ड्रिङ सम्बन्धी भए गरेका प्रगति विवरण सहित प्रतिवेदन पेश हुनेछ । प्रतिवेदनमा उठेका विषयमा नेपालबाट सहभागिता जनाएका प्रतिनिधिहरुले जवाफ दिनु पर्नेछ । नेपाल एपिजीको सदश्य राष्ट्र भएकाले प्रतिवेदनमा उठेका सवालहरुको जवाफ दिनु पर्ने हुन्छ ।

Esewa
Crest

सम्मेलनमा नेपाल राष्ट्र बैंक सहित नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, आन्तरिक राजश्व विभाग, पर्यटन मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल कानुन व्यसायी लगायतका प्रतिनिधिहरुले सहभागिता जनाउने छन् । सम्मेलन यहि जुलाइ ९ देखि १४ सम्म क्यानडामा हुनेछ । सम्मेलनको सम्पुर्ण प्रवन्ध क्यानडाको वित्तीय मन्त्रालयले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS