काठमाडौं । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पहिलो पटक मतदान प्रकृयाबाट पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजनको माग गरे पछि बजेटमाथि मतदान भएको हो । ध्वनी मतका आधारमा बजेट पारित भएको घोषणा भए पनि नेकपा एमालले मतदानको माग गरेको थियो । २५५ सांसद उपस्थित रहेको बैठकमा बजेटको पक्षमा १४७ मत र विपक्षमा १०८ मत परेको छ ।
सरकारले गत जेठ १५ गते प्रतिनिधिसभामा १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । संसदमा बजेट संशोधनको लागि दर्ता समेत भएका थिए तर सम्पुर्ण संशोधन खारेज गर्दै बहुमतले बजेट पारित भएको छ । बजेटले ६ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य लिएको छ ।