काठमाडौं । सुपर सोकोको आधिकारीक बिक्रेता कोर्बिग मोटर्सले ललितपुरको ग्वार्कोमा नयाँ शोरुमको सुभारम्भ गरेको छ ।
नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नयाँ शोरुमको उद्घा गरेका हुन् । उद्घाटनका क्रममा मन्त्री ज्वालाले युवा संचालक द्वय सौगात भट्टराई र नोभेल काफ्लेलाई बधाई तथा शुभकामना दिँदै विद्युतीय सवारीको प्रयोग नेपालका लागी मात्र नभई विश्वको लागि नै महत्वपुर्ण र फाइदामा रहेको बताए ।
सुपर सोकोका विभिन्न मोडलका रु २,५०,००० देखी ५,५०,००० सम्मका बाईक तथा स्कुटरहरु बिक्रीमा ल्याएको छ । बेट्रीमा ३ बर्ष र मोटरमा २ बर्ष वारेन्टी छ र ग्राहकहरुलाई विशेष छुटको पनि व्यवस्था गरिएको संचालक नोभेल काफ्लेले बताए ।