IME Life New

शेयर निष्काशनको प्रकृयाँ अगाडी बढाउन घोराहिको माग, रेटिङमा प्रभावित नपारेको भन्दै ढाकछोप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घोराहि सिमेन्टले क्रेडिट रेटिङ्ग प्रक्रियामा प्रवर्द्धकहरुको कुनै पनि संलग्गनता नभएको भन्दै ढाकछोप गर्न खोजेको छ । शुक्रवार प्रेश विज्ञप्ती जारी गर्दै क्रेडिट रेटिङ एक विशिष्ट प्रकारको विधिबाट सम्पन्न हुने र सो प्रक्रियामा विदेशका विषय विज्ञहरुको विश्लेषण र मुल्याङ्कनबाट हुने हुँदा सो प्रक्रियामा उद्योग प्रबर्धकहरुको तर्फबाट प्रभावित पारेको हुन सक्ने भन्ने कुरामा कुनै सत्यता नभएको भन्दै विज्ञप्ततीमा प्रष्ट पार्न खोजेको छ ।

जवकी क्रेडिट रेटिङ सम्बन्धी प्रचलित कानुनी व्यवस्था विपरित रेटिङ भएको छ । क्रेडिट रेटिङ नेपाल र घोराही सिमेन्टका लगानीकर्ताहरु एउटै छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डले क्रेडिट रेटिङ्ग सम्बन्धमा सम्बन्धित क्रेडिट रेटिङ्ग कम्पनीबाट जानकारी लिनु पर्नेमा झुठा आवेदनको आधारमा प्रक्रिया अगाडी बढाएको भन्दै घोराहीले आरोप लगाएको छ ।

Esewa
Crest

घोराहि सिमेन्ट ईण्डष्ट्रि लि.को प्रिमियम मूल्यमा आई.पि.ओ.(IPO) मा शेयर निष्काशनको खुल्ला अवधि भित्र उद्योगको व्यावसायिक प्रतिष्ठा र ख्याति माथी नकारात्मक असर पुयाउने उद्धेश्यले प्रेषित भ्रमपूर्ण र गलत सूचना प्रवाह भएको भन्दै ध्यानाकर्षण समेत गराएको छ ।

बदनियतपुर्ण अनर्गल प्रचारको क्रममा उठाईएका सम्पूर्ण बिषयहरुको बारेमा पूर्ण पारदर्शि रुपमा स्पष्ट पार्न उद्योग सदा तत्पर रहेको प्रेश विज्ञप्तीमा उल्लेख छ ।

शेयरको सार्वजनिक निष्काशन हुनु भन्दा पहिले कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायत विभिन्न नियामक निकायहरुको पूर्ण सहभागिता हुने घोराहीको तर्क छ । निष्काशनको अनुमती प्राप्त गर्ने सन्दर्भमा उधोगबाट पेश भएका विवरण पत्र, वितिय विवरण, तथा क्रेडिट रेटिङ्ग प्रतिवेदन लगायतका सम्पूर्ण कागजात तथा विवरणहरुको जिम्मेवारी लिन उद्योग तयार रहेको विज्ञप्तीमा भनिएको छ ।

धितोपत्र बोर्डद्धारा स्वीकृत भए पश्चात निष्काशन प्रक्रिया सुरु भई प्रभावित क्षेत्रका स्थानिय जनता, वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरु, कम्पनीका कर्मचारी तथा म्युचुअल फण्डलाई सम्पूर्ण प्रकृया सम्पन्न गरि शेयर बाँडफाँड भईसकेको अवस्थामा सर्वसाधारणको लागि खुल्ला भएको अवधिको चौथो कार्य दिनको अन्तिम समयमा भएको स्थगनले सम्पुर्ण प्रकृयाँमा अवरोध पुर्याएको भन्दै सिमेन्टले आरोप लगाएको छ ।

अमुल्य विदेशी मुद्रा संचिति तथा स्वदेशमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरि ३००० भन्दा बढी जनशक्तीलाई रोजगारी प्रदान गर्दै आएको पुर्ण रुपमा स्वदेशी लगानीकर्ताहरुबाट प्रवर्द्धित देशकै ठुलो मध्ये एक उद्योगलाई निरुत्साहित गर्ने कार्य भएको भन्दै उद्योगले खेद व्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS